मेष
धन लाभको योग छ । साथमा खर्च पनि बढ्न सक्छ । नयाँ अवसर पाइनेछ । यात्रा सुखद रहला । पेसागत क्षेत्रमा प्रगति हुनेछ ।
वृष
अपेक्षित आर्थिक लाभ हुनेछ । रोकिएको रकम प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । पेसागत क्षेत्रमा उन्नतिको योग छ ।
मिथुन
लगानीका निर्णय सोचेर गर्नु हितकर हुनेछ । अनावश्यक खर्च बढ्नसक्छ । आर्थिक अवसर आउनेछन् । पेसागत क्षेत्रमा दबाबको सामना गर्नुपर्ला ।
कर्कट
आर्थिक लाभको नयाँ बाटो खुल्नेछ । लगानीमा सावधानी आवश्यक छ । यात्रा फलदायी, पेसागत प्रगति र स्वास्थ्य राम्रो रहनेछ ।
सिंह
आम्दानी बढ्ने संकेत छन् । आर्थिक अवसरले उत्साह थप्नेछ । व्यापारमा लाभ हुने योग छ । पेसागत जिम्मेवारी बढ्नेछ । स्वास्थ्य अनुकूल रहनेछ ।
कन्या
धन लाभ हुनेछ । तर, खर्च नियन्त्रणमा ध्यान दिने बेला छ । नयाँ अवसर पाइनेछ । पेसागत क्षेत्रमा स्थिरता रहनेछ ।
तुला
आर्थिक लाभका नयाँ अवसर प्राप्त हुनेछन् । रोकिएका काम अघि बढ्नेछन् । यात्रा लाभदायी होला । पेसागत क्षेत्रमा सफलता पाइनेछ ।
वृश्चिक
खर्च बढे पनि आम्दानीले सन्तुलन कायम गर्नेछ । आर्थिक अवसर उपयोगी हुनेछन् । पेसागत क्षेत्रमा प्रगतिको योग छ ।
धनु
आकस्मिक धन लाभ हुनसक्छ । लगानीमा सोचविचार आवश्यक छ । यात्रा रमाइलो रहला । पेसागत उपलब्धि बढ्ने र ज्यानमा स्फूर्ति रहनेछ ।
मकर
आर्थिक पक्ष बलियो बन्नेछ । नयाँ आम्दानीको अवसर भेटिनेछ । यात्रामा लाभ होला । पेसागत क्षेत्रमा सफलताले उत्साह बढ्नेछ ।
कुम्भ
धन प्राप्तिको सम्भावना बलियो छ । खर्चमा संयम राख्नुहोस् । यात्रा लाभदायी होला । पेसागत क्षेत्रमा राम्रो अवसर पाइनेछ ।
मीन
आर्थिक लाभसँगै अप्रत्याशित खर्च पनि बढ्नेछ । नयाँ अवसर पहिचान गर्नुहोस् । यात्रा सहज हुनेछ । पेसागत क्षेत्रमा प्रगतिको योग छ ।