नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ ४ गते बिहीबारको राशिफल

मेष
आर्थिक पक्ष सबल रहनेछ र लगानीका नयाँ अवसर फेला पर्नेछन् । रोकिएका महŒवपूर्ण कामहरू मित्रजनको सहयोगमा सम्पन्न हुनेछन् । पारिवारिक सम्बन्धलाई सुमधुर बनाउन आपसी समझदारी बढाउनुहोला ।

वृष
व्यापार तथा वित्तीय क्षेत्रबाट सोचेभन्दा राम्रो लाभ प्राप्त हुनेछ । दिनको उत्तरार्धमा कुनै शुभ समाचारले मनमा उत्साह थप्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा भने थप लगनशीलता र मेहनतको आवश्यकता पर्नेछ ।

मिथुन
सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ र बौद्धिक क्षेत्रमा सफलता हात लाग्नेछ । कार्यक्षेत्रमा नयाँ योजनाहरू अगाडि बढाउने वातावरण बन्नेछ । पारिवारिक विषयमा अनावश्यक विवादबाट जोगिन बोलीमा संयम राख्नुहोस् ।

कर्कट
आयआर्जनका नयाँ स्रोतहरू पहिचान गर्न सकिनेछ । लामो समयदेखि उठ्न नसकेको रकम हात पर्ने सम्भावना छ । सहकर्मीहरूको राम्रो साथ मिल्नाले दैनिक कामहरू सहज रूपमा अघि बढ्नेछन् ।

सिंह
सामाजिक तथा प्रशासनिक कार्यहरूमा तपाईंको प्रभाव र नेतृत्व क्षमता देखिनेछ । अधुरा रहेका कामहरूलाई पुनः सुरु गर्दा अनुकूल नतिजा मिल्नेछ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने भएकाले खानपिनमा ध्यान दिनुहोला ।

कन्या
योजनाबद्ध रूपमा अघि बढ्दा कार्यक्षेत्रमा उल्लेख्य सफलता मिल्नेछ । छोटो दूरीको फलदायी वा आकस्मिक यात्राको योग बनेको छ । प्रेम तथा पारिवारिक जीवनमा आपसी विश्वास र आत्मीयता प्रगाढ हुनेछ ।

तुला
प्रतिस्पर्धात्मक कामहरूमा तपाईंको जित हुनेछ र नयाँ जिम्मेवारी प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नाले आत्मबल उच्च रहनेछ । बाहिरको खानपिन र मौसम परिवर्तनका कारण स्वास्थ्यप्रति सजग रहनुहोला ।

वृश्चिक
कार्यशैलीमा नयाँपन ल्याउने प्रयास सफल हुनेछ । कार्यालयमा उच्च अधिकारी तथा सहकर्मीहरूको पूर्ण समर्थन मिल्नेछ । घरपरिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा केही समय र खर्च छुट्याउनुपर्ने हुन सक्छ ।

धनु
कडा मिहिनेत र धैर्यताका कारण जटिल समस्याहरू समाधान हुनेछन् । नयाँ कामको थालनी गर्दा अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनु फाइदाजनक हुनेछ । कार्यस्थलमा अरूको कुरामा धेरै भर नपरी आफ्नै निर्णयलाई प्राथमिकता दिनुहोला ।

मकर
बौद्धिक, लेखन तथा सिर्जनात्मक गतिविधिहरूमा उत्कृष्ट नतिजा हात लाग्नेछ । आध्यात्मिक तथा परोपकारी काममा संलग्न हुँदा मानसिक शान्ति प्राप्त हुनेछ । रोकिएको सरकारी वा कानुनी काममा सकारात्मक प्रगति देखिनेछ ।

कुम्भ
लामो समयदेखि अल्झिएका समस्याहरू सुल्झिएर मन हलुका हुनेछ । साझेदारी व्यवसायमा नयाँ सम्झौता वा लगानीको अवसर जुट्नेछ । करियरमा सकारात्मक परिवर्तनका संकेतहरू देखा पर्नेछन् ।

मीन
व्यापार व्यवसायको दायरा विस्तार गर्ने दीर्घकालीन योजना बन्नेछन् । परिवार तथा नजिकका साथीभाइसँग रमाइलो जमघटको अवसर जुर्नेछ । ठूलो आर्थिक लेनदेन वा सम्झौता गर्दा सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्