मेष
रोकिएका महŒवपूर्ण कामहरूले गति लिनेछन् । नयाँ कार्यको थालनी गर्न समय अत्यन्तै अनुकूल समय छ । आर्थिक क्षेत्रमा गरेका प्रयासहरू फलदायी रहनेछन् ।
वृष
सामाजिक तथा व्यावसायिक क्षेत्रमा मान–प्रतिष्ठा बढ्नेछ । विगतको कडा परिश्रमअनुसारको उचित प्रतिफल मिल्नेछ । स्वास्थ्यमा उल्लेख्य सुधार आउँदा उत्साह थपिनेछ ।
मिथुन
तपाईंको बोली र तर्कको प्रभाव अरूमाथि पर्नेछ । पारिवारिक जमघट तथा रमाइलो वातावरणमा समय बित्नेछ । छोटो तथा लाभदायक यात्राको योग बनेको छ ।
कर्कट
अनावश्यक क्षेत्रमा खर्च बढ्ने जोखिम भएकाले सतर्क रहनुहोला । पुराना साथीभाइको समयमै सहयोग मिल्नाले काम सहज बन्नेछ । महŒवपूर्ण निर्णय गर्दा धैर्य अपनाउनु राम्रो हुन्छ ।
सिंह
व्यापार–व्यवसाय तथा लगानीबाट मनग्य लाभ मिल्नेछ । लामो समयदेखि रोकिएको धन हात पर्ने सम्भावना छ । मनमा शान्ति र आत्मसन्तुष्टि छाउनेछ ।
कन्या
कार्यक्षेत्रमा नयाँ अवसरहरूले ढोका खोल्नेछन् । सहकर्मीहरूको राम्रो सहयोग पाउँदा काम छिटो सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै अघि बढ्न सकिनेछ ।
तुला
आध्यात्मिक चिन्तन तथा परोपकारी काममा रुचि बढ्नेछ । जटिल ठानिएका योजनाहरू क्रमशः सहज बन्दै जानेछन् । मान्यजनको सुझाव र आशीर्वादले सफलता दिलाउनेछ ।
वृश्चिक
खानपान तथा दिनचर्यामा विशेष ध्यान दिनुहोला । आफ्ना गोप्य योजनाहरू अरूसँग तत्काल साझा नगर्नुहोला । दिनको उत्तरार्धमा परिस्थिति अनुकूल बन्दै जानेछ ।
धनु
जीवनसाथी वा व्यावसायिक साझेदारको पूर्ण सहयोग मिल्नेछ । नयाँ सम्बन्ध विस्तार तथा सम्झौताका लागि समय राम्रो छ । दैनिक काममा सोचेभन्दा राम्रो नतिजा हात लाग्नेछ ।
मकर
मेहनतको सही मूल्यांकन र उचित प्रतिफल पाइनेछ । चुनौतीहरू हटेर पुराना समस्या सुल्झिँदै जानेछन् । प्रशासनिक तथा कानुनी कामहरूमा सफलता मिल्नेछ ।
कुम्भ
बौद्धिक तथा रचनात्मक क्षेत्रमा ठूलो प्रगति हुनेछ । अध्ययन–अध्यापन र नयाँ सीप सिक्नका लागि दिन उत्तम छ । सन्तान वा अनुजहरूबाट शुभ समाचार सुन्न पाइनेछ ।
मीन
पारिवारिक जिम्मेवारी थपिए पनि कुशलतापूर्वक निभाउन सकिनेछ । आर्थिक निर्णय लिँदा अनुभवी व्यक्तिको सल्लाह उपयोगी हुनेछ । मनमा सकारात्मक सोच राखेर काम गर्दा लाभ मिल्नेछ ।