नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ ८ गते सोमबारको राशिफल

मेष
रोकिएका अधुरा कामहरू सहजै बन्नेछन् । आर्थिक पक्ष सुदृढ रहने देखिन्छ । नयाँ योजना सुरु गर्दा परिवारको राम्रो सहयोग पाइनेछ ।
वृष
मिहिनेतअनुसारको उचित प्रतिफल मिल्नेछ । व्यापार व्यवसायमा सन्तोषजनक मुनाफा आर्जन हुनेछ । नयाँ क्षेत्रमा लगानीको अवसर जुट्ने सम्भावना छ ।
मिथुन
खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा केही समस्या आउन सक्छ । बोली र व्यवहारमा संयम अपनाउनु बुद्धिमानी हुनेछ । शान्त रहेर काम गर्दा विवादबाट बच्न सकिनेछ ।
कर्कट
पारिवारिक वातावरण सुखद र सौहार्दपूर्ण रहनेछ । समाजसेवा तथा परोपकारी काममा मन जानेछ । आफन्तको सहयोगले रोकिएको काम अघि बढ्नेछ ।
सिंह
प्रतिस्पर्धीहरू पछि पर्नेछन् । कार्यक्षेत्रमा आफ्नो प्रभाव र पकड बलियो बन्नेछ । आम्दानी भए पनि विलासिताका सामानमा खर्च बढ्न सक्छ ।
कन्या
बौद्धिक क्षमता र दक्षताको उच्च मूल्यांकन हुनेछ । अध्ययन तथा अनुसन्धानमूलक कार्यमा राम्रो प्रगति हासिल हुनेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।
तुला
मनमा केही अस्थिरता वा अन्योलको स्थिति देखिन सक्छ । घरजग्गा तथा पारिवारिक मामिलामा सोचविचार गरेर निर्णय लिनुहोला । दिनको उत्तरार्ध तुलनात्मक रूपमा सहज बन्नेछ ।
वृश्चिक
दाजुभाइ तथा नजिकका साथीभाइबाट भरपर्दो सहयोग पाइनेछ । आँट र पराक्रममा उल्लेखनीय वृद्धि हुनेछ । नयाँ जिम्मेवारी कुशलतापूर्वक सम्पन्न हुनेछ ।
धनु
आर्थिक लाभ मिल्ने अनुकूल वातावरण बन्नेछ । स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन उत्साहजनक रहनेछ ।
मकर
कार्यक्षेत्रमा मान–सम्मान र पद–प्रतिष्ठा बढ्नेछ । नयाँ नेतृत्वदायी भूमिका हात लाग्न सक्छ । उच्च आत्मविश्वासका साथ अघि बढ्दा लक्ष्य भेटिनेछ ।
कुम्भ
आम्दानीको तुलनामा खर्चको मात्रा केही बढी हुनेछ । लामो दूरीको यात्रा गर्नुपर्ने परिस्थिति आउन सक्छ । महŒवपूर्ण काम गर्दा पर्याप्त सतर्कता अपनाउनुहोला ।
मीन
आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन् । कार्यस्थलमा सहकर्मीहरूको बलियो साथ र समर्थन रहनेछ । रोकिएका पुराना कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्