मेष
रोकिएका अधुरा कामहरू क्रमशः अघि बढ्नेछन् । साथीभाइ तथा सहकर्मीको साथ पाउँदा मन प्रसन्न रहनेछ । छोटो दूरीको यात्रा वा नयाँ योजनाको थालनी हुन सक्छ ।
वृष
आर्थिक पक्ष सबल बन्दै जानेछ । मिहिनेत अनुसारको प्रतिफल मिल्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने पारिवारिक भेटघाटमा रमाइलो समय बित्नेछ ।
मिथुन
दिन लाभदायक र उत्साहवर्धक रहनेछ । नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ, तर खानपानमा सामान्य ध्यान दिनुहोला ।
कर्कट
खर्चमा सामान्य वृद्धि हुने सम्भावना छ । हतारमा ठूलो लगानी वा निर्णय लिनु उपयुक्त हुँदैन । धैर्य र संयम अपनाएर काम गर्दा साँझपख राहत मिल्नेछ ।
सिंह
आम्दानीका नयाँ स्रोतहरू पहिचान हुन सक्छन् । वरिष्ठ व्यक्तिहरूको सहयोगले काममा गति आउनेछ । सामाजिक प्रतिष्ठा बढ्ने र योजनाहरू सफल हुने समय छ ।
कन्या
कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ अवसरको ढोका खुल्न सक्छ । पारिवारिक वातावरण सुखद् रहनेछ भने रोकिएका सरकारी वा प्रशासनिक काम बन्नेछन् ।
तुला
भाग्यले साथ दिनेछ र रोकिएका काम सुल्झिनेछन् । धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ । नयाँ मानिसहरूसँगको सम्पर्कले भविष्यमा फाइदा पु¥याउनेछ ।
वृश्चिक
काम गर्दा गोपनीयता कायम राख्नु उपयुक्त हुनेछ । स्वास्थ्यमा सामान्य उतारचढाव देखिन सक्ने भएकाले सतर्क रहनुहोला । गोपनीयता र धैर्यता आजको मुख्य शक्ति बन्नेछ ।
धनु
साझेदारी तथा व्यावसायिक काममा राम्रो प्रतिफल मिल्नेछ । जीवनसाथी वा नजिकका साथीको सहयोगले जटिल काम सहजै सम्पन्न हुनेछ । यात्राको योग बन्न सक्छ ।
मकर
प्रतिस्पर्धीहरू पछि पर्नेछन् । कठिन काममा पनि दृढ संकल्पका साथ सफलता हासिल हुनेछ । आर्थिक स्थिति सुधारोन्मुख रहनेछ र पुराना विवादहरू समाधान हुनेछन् ।
कुम्भ
रचनात्मक तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ । अध्ययन–अध्यापन र नयाँ सीप सिक्नका लागि दिन अनुकूल छ । सन्तान वा अनुजबाट राम्रो समाचार सुन्न पाइनेछ ।
मीन
पारिवारिक विषयमा केही समय दिनुपर्ने देखिन्छ । घरजग्गा वा घरायसी काममा प्रगति हुनेछ । भावनात्मक निर्णय लिनुभन्दा व्यावहारिक सोच राख्नु उचित हुनेछ ।