नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ २१ गते आइतबारको राशिफल

मेष
रोकिएका अधुरा कामहरू सम्पादन हुनेछन् । नयाँ कार्यको योजना बन्नुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्ने योग छ ।

वृष
मेहनतको फल ढिलो मिल्नेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला । आर्थिक लेनदेनमा गोपनीयता र सावधानी आवश्यक छ ।

मिथुन
मनोरञ्जन र यात्रामा समय बित्नेछ । प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा सन्तोषजनक लाभ मिल्ने देखिन्छ ।

कर्कट
आफन्त तथा साथीभाइको सहयोगले जटिल काम सजिलै सुल्झिनेछन् । प्रतिस्पर्धीहरू कमजोर रहनेछन् । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।

सिंह
बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा प्रगति हुने समय छ । हतारमा निर्णय लिनुभन्दा सल्लाह लिएर अघि बढ्नु राम्रो हुनेछ ।

कन्या
घरायसी वा पारिवारिक विषयले मन केही अशान्त हुन सक्छ । अनावश्यक खर्च बढ्ने देखिन्छ । धैर्य र संयम अपनाएर काम गर्दा परिणाम सकारात्मक आउनेछ ।

तुला
दाजुभाइ तथा इष्टमित्रबाट राम्रो सहयोग मिल्नेछ । आँटेका कामहरू समयमै सम्पन्न हुनाले आत्मबल बढ्नेछ । छोटो दूरीको फलदायी यात्राको सम्भावना छ ।

वृश्चिक
बोलीको प्रभाव बढ्नेछ र अड्किएको धन फिर्ता आउने सम्भावना छ । पारिवारिक जमघटमा सहभागी भइनेछ । कार्य सम्पादनमा प्रशंसा प्राप्त हुनेछ ।

धनु
नयाँ अवसरको ढोका खुल्नेछ । आत्मविश्वासमा वृद्धि हुनुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ ।

मकर
काममा केही ढिलासुस्ती र झन्झट आइपर्न सक्छ । बजेटभन्दा बाहिर गएर खर्च हुने सम्भावना रहेकाले आर्थिक नियन्त्रण आवश्यक छ । विवादबाट टाढै रहनु हितकर हुनेछ ।

कुम्भ
दीर्घकालीन फाइदा हुने कामको थालनी गर्ने अवसर मिल्नेछ । आयआर्जनका बाटोहरू फराकिला हुनेछन् । आफ्ना प्रयासहरूको उचित प्रतिफल प्राप्त हुनेछ ।

मीन
कर्मक्षेत्रमा उच्च अधिकारी वा अग्रजको सहयोग पाइनेछ । प्रतिष्ठा वृद्धि हुने अनुकूल समय छ । लगनशीलताले रोकिएका महत्त्वपूर्ण कार्यहरू पूरा हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्