नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ २२ गते सोमबारको राशिफल

मेष
परिश्रम अनुसारको प्रतिफल मिल्ने दिन छ । व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ । स्वास्थ्यमा मौसमी समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान पु¥याउनुहोला ।

वृष
अड्किएका कामहरूमा प्रगति हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । आर्थिक पक्ष सन्तोषजनक रहनेछ भने पारिवारिक वातावरण सहयोगी बन्नेछ ।

मिथुन
बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ । छोटो दूरीको फलदायी यात्रा हुनसक्छ ।

कर्कट
मनमा केही द्विविधा उत्पन्न हुन सक्छ, निर्णय लिँदा धैर्य अपनाउनुहोला । घरेलु मामिलामा समय खर्चिनुपर्नेछ । अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक देखिन्छ ।

सिंह
हिम्मत र पराक्रम बढ्नेछ । रोकिएका काम सम्पादन गर्न अग्रजहरूको साथ मिल्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने अवसर मिल्नेछ ।

कन्या
बोलीको प्रभाव बढ्नेछ । आर्थिक स्रोतहरू सबल बन्दै जानेछन् । कुटुम्ब तथा आफन्तजनसँगको सम्बन्धमा सुधार आउनेछ ।

तुला
नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ । व्यक्तित्व विकास तथा नयाँ सीप सिक्ने अवसर मिल्नेछ । साझेदारी व्यवसायमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

वृश्चिक
दैनिक कार्यमा व्यस्तता बढ्नेछ । आम्दानीभन्दा खर्चको मात्रा केही बढी हुनसक्ने भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुहोला । गोपनीयतामा सजग रहनु उपयुक्त हुन्छ ।

धनु
आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन् । रोकिएको धन हात पर्ने सम्भावना छ । सन्तान वा अनुजहरूबाट शुभ समाचार सुन्न पाइनेछ ।

मकर
कार्यक्षेत्रमा गरिएको लगनशीलताको कदर हुनेछ । पदोन्नति वा थप अवसरको सम्भावना छ । प्रशासनिक कामहरू सहजै समाधान हुनेछन् ।

कुम्भ
भाग्यले साथ दिनेछ । धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ । लामो समयदेखि नसुल्झिएका विषयहरू सुल्झाउन सहज वातावरण बन्नेछ ।

मीन
काममा केही चुनौती वा ढिलासुस्ती हुनसक्छ । स्वास्थ्यको ख्याल राख्दै संयमित भएर अघि बढ्नुहोला । अरूको भर पर्नुभन्दा आफ्नै विवेक प्रयोग गर्नु हितकर हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्