नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ २४ गते बुधबारको राशिफल

मेष
रोकिएका कामहरू क्रमशः बन्दै जानेछन् । नयाँ काम थाल्न योजना बनाउने समय छ । व्यापार–व्यवसायमा गरेको लगानीले सकारात्मक नतिजा दिनेछ ।

वृष
अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ । काम गर्दा आर्थिक विषयमा विशेष सजगता अपनाउनुहोला । संयमित बोलीले सम्बन्ध बिग्रनबाट बचाउनेछ ।

मिथुन
अध्ययन तथा रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ । सहकर्मी तथा साथीभाइको सहयोगले अधुरा काम अगाडि बढ्नेछन् । मनमा नयाँ उमङ्ग रहनेछ ।

कर्कट
घरायसी जिम्मेवारीले व्यस्तता बढाउनेछ । कार्यक्षेत्रमा केही ढिलासुस्ती भए पनि धैर्य राख्दा अन्ततः काम सफल हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

सिंह
आत्मविश्वास र पराक्रम उच्च रहनेछ । छोटो तथा फलदायी यात्राको योग छ । आफन्त तथा निकटस्थ व्यक्तिहरूबाट राम्रो साथ मिल्नेछ ।

कन्या
बोलीको प्रभावले रोकिएका काम सम्पादन गर्न सहज हुनेछ । आर्थिक पक्ष सबल बन्दै जानेछ । सामाजिक काममा सहभागी हुने अवसर जुट्न सक्छ ।

तुला
मानसिक शान्ति कायम रहनेछ । कार्यक्षेत्रमा नयाँ भूमिका वा जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ ।

वृश्चिक
दौडधुप र कामको चाप केही बढ्न सक्छ । आर्थिक कारोबार गर्दा कागजी प्रक्रिया मिलाएर मात्र अघि बढ्नुहोला । विवादित विषयबाट टाढा रहनु बेस हुन्छ ।

धनु
आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन् । विगतमा अड्किएको रकम हात लाग्न सक्छ । कार्यस्थलमा सहकर्मीहरूको उचित समर्थन मिल्नेछ ।

मकर
कार्यक्षेत्रमा नेतृत्व क्षमताको कदर हुनेछ । वरिष्ठ वा प्रभावशाली व्यक्तिहरूसँगको भेटघाटले नयाँ अवसर जुटाउन मद्दत गर्नेछ । योजनाहरू सफल हुनेछन् ।

कुम्भ
सामाजिक तथा परोपकारी काममा आकर्षण बढ्नेछ । भाग्यको साथ मिल्नाले जटिल ठानिएका काम पनि सहजै समाधानतर्फ उन्मुख हुनेछन् ।

मीन
स्वास्थ्य तथा खानपानमा सचेत रहनुपर्ने दिन छ । गोप्य कुराहरू अरूलाई नखोल्नु नै बुद्धिमानी हुनेछ । नियमित काममा भने निरन्तरता पाइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्