मेष
रोकिएका अधुरा कामहरू पूरा हुने सम्भावना छ । आकस्मिक आर्थिक लाभको योग छ । बोलीमा संयमता अपनाउनुहोला, अनावश्यक विवादबाट जोगिन सकिनेछ ।
वृष
स्वास्थ्यमा हल्का उतारचढाव आउन सक्छ, खानपानमा ध्यान दिनुहोस् । व्यापार तथा कार्यक्षेत्रमा नयाँ लगानीको योजना बन्नेछ । परिवारको राम्रो सहयोग मिल्नेछ ।
मिथुन
रचनात्मक काममा मन जानेछ । नयाँ साथीभाइहरूसँग भेटघाट हुने तथा रमाइलो यात्राको अवसर जुट्न सक्छ । खर्चको मात्रा बढ्न सक्ने भएकाले सचेत रहनुहोस् ।
कर्कट
मनमा उत्साह र ऊर्जा रहनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक काममा प्रतिष्ठा बढ्ने देखिन्छ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काम सहजै अघि बढ्नेछ ।
सिंह
कार्यस्थलमा तपाईँको नेतृत्व क्षमताको प्रशंसा हुनेछ । पुराना समस्याहरूको समाधान निस्कनेछ । प्रेम जीवनमा आपसी समझदारी र विश्वास बढ्नेछ ।
कन्या
आर्थिक कारोबार गर्दा कागजी प्रक्रियामा ध्यान दिनुहोला । सोचेको काम पूरा गर्न अलि बढी मिहिनेत गर्नुपर्नेछ । अध्ययन–अध्यापनमा भने सफलता मिल्नेछ ।
तुला
दिन लाभदायक रहनेछ । नयाँ व्यापारिक सम्झौता वा साझेदारीको अवसर मिल्न सक्छ । भौतिक सुख–सुविधाका वस्तु खरिद गर्ने योग बनेको छ ।
वृश्चिक
शत्रु वा प्रतिस्पर्धीहरू परास्त हुनेछन् । चुनौतीहरूलाई अवसरमा बदल्न सफल भइनेछ । कार्यव्यस्तता बढे पनि दिन फलदायी रहनेछ ।
धनु
बौद्धिक छलफल तथा योजनाहरू सफल हुनेछन् । सन्तान वा परिवारका सदस्यबाट सुखद समाचार सुन्न पाइएला । आम्दानीका नयाँ स्रोतहरू पहिचान गर्न सकिनेछ ।
मकर
मनमा केही चञ्चलता वा अस्थिरता रहन सक्छ । घरायसी विषयमा धैर्यताका साथ निर्णय लिनु उपयुक्त हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
कुम्भ
पराक्रम र आत्मबल बढ्नेछ । छोटो दूरीको यात्रा लाभदायक रहनेछ । नयाँ कामको थालनी गर्नका लागि समय अनुकूल देखिन्छ ।
मीन
आर्थिक बचतमा वृद्धि हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । आफन्त वा कुटुम्बसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ । रोकिएको धन हात पर्ने सम्भावना छ ।