नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ २६ गते शुक्रबारको राशिफल

मेष
उत्साह र ऊर्जा बढ्नेछ । रोकिएका प्रशासनिक वा व्यावसायिक काम अघि बढ्नेछन् । नसोचेको ठाउँबाट सहयोग मिल्नेछ । छोटो यात्राको सम्भावना छ । खानपानमा सामान्य सचेत रहनुहोला ।
वृष
पारिवारिक भेटघाट र रमाइलोमा समय बित्नेछ । आर्थिक लेनदेनमा अलिकति सावधानी अपनाउनु उपयुक्त हुनेछ । बोलीको प्रभावले रोकिएका काम बन्नेछन् । भौतिक साधन जोड्ने अवसर जुर्न सक्छ ।
मिथुन
बौद्धिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना वा विचारहरू मनमा आउनेछन् । साथीभाइको सल्लाहले काममा थप सहजता ल्याउनेछ । अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
कर्कट
मनमा केही चञ्चलता वा दुविधा रहन सक्छ । अरूको काममा बढी समय दिँदा आफ्ना जिम्मेवारी छुट्न सक्छन्, प्राथमिकता तय गरेर अघि बढ्नुहोला । साँझपख कुनै खुसीको खबर मिल्ने संकेत छ ।
सिंह
नेतृत्व क्षमताको कदर हुनेछ । सामाजिक वा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । प्रतिस्पर्धीहरू कमजोर पर्नेछन् । आम्दानीका नयाँ स्रोतहरू पहिचान हुने समय छ ।
कन्या
व्यवसाय तथा जागिरमा अनुकूल वातावरण बन्नेछ । विगतको लगानी वा मिहिनेतको प्रतिफल हात लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुराना साथीहरूसँगको संवादले मन हलुका बनाउनेछ ।
तुला
धार्मिक वा सिर्जनात्मक काममा रुचि बढ्नेछ । टाढा रहेका आफन्तसँग सम्पर्क हुनेछ । साझेदारीका काममा पारदर्शिता राख्नु राम्रो हुनेछ । योजनाहरूलाई गोप्य राखेर काम गर्दा लाभ मिल्नेछ ।
वृश्चिक
गोपनीयतामा ध्यान दिनुपर्ने दिन छ । अरूको भर पर्दा काममा ढिलासुस्ती हुन सक्छ, आफ्नै सक्रियतामा भर पर्नुहोला । स्वास्थ्यमा मौसमी समस्या देखिन सक्छ ।
धनु
दाम्पत्य जीवन वा प्रेम सम्बन्धमा निकटता बढ्नेछ । नयाँ सम्झौता वा व्यापारिक सहकार्यका लागि समय सकारात्मक छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
मकर
मिहिनेत अनुसार काममा सफलता पाइनेछ । पुराना विवाद वा समस्या सुल्झिने बाटो खुल्नेछ । प्रतिस्पर्धामा अगाडि रहन सकिनेछ । अनावश्यक विवादबाट भने टाढै रहनु बुद्धिमानी हुनेछ ।
कुम्भ
अध्ययन, अध्यापन र लेखन कार्यमा प्रगति हुनेछ । सन्तान वा अनुजबाट सन्तोष मिल्नेछ । नयाँ सीप सिक्ने अवसर प्राप्त हुन सक्छ । आर्थिक पक्ष सामान्य नै रहनेछ ।
मीन
घरायसी काम र पारिवारिक आवश्यकतामा समय दिनुपर्नेछ । जग्गाजमिन वा सवारी साधनसम्बन्धी काममा प्रगति हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्