नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज ४ गते आइतबारको राशिफल

मेष
नयाँ अवसरले धनलाभ हुने योग छ । छोटो यात्रा सुखद रहनेछ । अध्ययनमा प्रगति होला । पारिवारिक प्रसन्नता बढ्नेछ ।

वृष
धन आर्जनको नयाँ बाटो खुल्नेछ। खर्च बढ्ने भएकाले नहतारिनु बेस हुनेछ । यात्रा सफल रहला । शिक्षामा सुधार आउला । मन प्रसन्न रहनेछ।

मिथुन
आर्थिक लाभ हुने योग छ । व्यापारिक अवसर प्राप्त हुनेछ । छोटो यात्रा हुन सक्छ, जसमा अपेक्षित नतिजा प्राप्त हुनेछ । उत्साह वृद्धि होला । 

कर्कट
रोकिएको धन प्राप्त हुनसक्छ । नयाँ आर्थिक अवसरले उत्साह बढाउनेछ । यात्रा रमाइलो रहला । शिक्षामा अपेक्षित सफलता मिल्नेछ ।

सिंह
धनलाभसँगै नयाँ आर्थिक अवसर भेटिनेछ । यात्रा लाभदायक रहला । अध्ययनमा सफलता पाइनेछ । प्रियजनसँगको भेटले प्रसन्नता बढाउनेछ ।

कन्या
आम्दानी बढ्ने संकेत छ । अनावश्यक खर्चबाट बच्नुहोस् । यात्रा सहज रहनेछ । अध्ययन फलदायी होला । पारिवारिक वातावरण प्रसन्न रहनेछ ।

तुला 
आर्थिक लाभको राम्रो सम्भावना छ । पेसागत क्षेत्रमा नयाँ अवसरले उत्साह बढाउनेछ । छोटो यात्राको नतिजा अपेक्षाअनुसार हुनेछ । 

वृश्चिक
पेसागत क्षेत्रमा आर्थिक लाभको योग छ। हात हालेका काम सफल हुनेछन् । आर्थिक अवसर उपयोगी बन्नेछ । यात्रा सुखद रहला । मन प्रसन्न हुनेछ ।

धनु 
आम्दानीका नयाँ स्रोत भेटिन सक्छन् । खर्च नियन्त्रण गर्नु हितकर रहला । यात्राबाट लाभ मिल्नेछ । अध्ययनमा सफलता पाइनेछ । 

मकर 
आर्थिक क्षेत्रमा सुधार आउनेछ । धनलाभ भए पनि खर्च बढ्न सक्छ । यात्रा सफल रहला । अध्ययनमा प्रगति हुनेछ । प्रसन्नता मिल्नेछ ।

कुम्भ 
आर्थिक अवसरले लाभ दिलाउनेछ । रोकिएका काम अघि बढ्नेछन् । पेसागत क्षेत्रमा सहकर्मीले सघाउने छन् । यात्रा रमाइलो रहला । 

मीन 
धनलाभको अवसर प्राप्त हुनेछ । लगानीमा हतारिनुको साटो सावधानी अपनाउनुपर्ने बेला छ। यात्रा सुखद रहला । शिक्षामा प्रगति हुनेछ । पारिवारिक प्रसन्नता बढ्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्