मेष
रोकिएका प्रशासनिक तथा आर्थिक कामहरू अगाडि बढ्ने संकेत छ । नयाँ योजनामा लगानी गर्नुअघि अनुभवी व्यक्तिको सुझाव लिनु हितकर हुनेछ । परिवारमा रमाइलो वातावरण रहनेछ भने स्वास्थ्य सामान्य रहने देखिन्छ ।
वृष
परिश्रमको प्रतिफल ढिलो मिल्दा मन केही खिन्न हुन सक्छ । सहकर्मीहरूसँग अनावश्यक विवादमा नफस्नु नै बुद्धिमानी हुनेछ । सवारीसाधन तथा प्राविधिक उपकरण चलाउँदा विशेष सतर्कता अपनाउनुहोला ।
मिथुन
व्यापार तथा व्यवसायमा नयाँ अवसरहरू हात पर्ने योग छ । पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । खर्च नियन्त्रणमा ध्यान दिनु आवश्यक देखिन्छ ।
कर्कट
आर्थिक लाभका बाटाहरू खुल्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता मिल्ने सम्भावना बलियो छ । साझेदारीका काममा पारदर्शिता अपनाउनुहोला, जसले गर्दा सम्बन्ध दीर्घकालीन रूपमा राम्रो रहनेछ ।
सिंह
नेतृत्व क्षमताको कदर हुनेछ र कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आत्मबल उच्च रहने भए पनि बोलीमा संयमता अपनाउनु आवश्यक छ । खानपानमा सन्तुलन मिलाउनुहोला ।
कन्या
योजना कार्यान्वयन गर्न समय लाग्न सक्छ, धैर्य आवश्यक छ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ भने पारिवारिक सहयोगले आत्मविश्वास थप्नेछ । यात्रा गर्दा कागजात सुरक्षित राख्नुहोला ।
तुला
सामाजिक प्रतिष्ठा बढ्ने र मान–सम्मान प्राप्त हुने समय छ । प्रेम सम्बन्धमा निकटता आउनेछ । कुनै महŒवपूर्ण निर्णय लिँदा भावनामा बहकिनुभन्दा विवेक प्रयोग गर्नु उत्तम हुनेछ ।
वृश्चिक
आकस्मिक धनलाभको सम्भावना भए पनि अनावश्यक खर्चले सताउन सक्छ । गोपनीयता कायम राख्दै काम अघि बढाउनु राम्रो हुनेछ । टाउको दुख्ने वा थकानजस्ता सामान्य स्वास्थ्य समस्या देखिन सक्छ ।
धनु
सिर्जनात्मक काममा सफलता मिल्नेछ । रोकिएको कामले गति लिनेछ भने धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ । नयाँ सम्बन्धहरू फलदायी साबित हुने सम्भावना छ ।
मकर
कामको चाप बढी रहने हुँदा समय व्यवस्थापनमा ध्यान दिनुहोला । आफन्तसँगको सामान्य कुरामा गलत बुझाइ हुन सक्ने भएकाले संवाद स्पष्ट राख्नुहोस् । आर्थिक पक्ष भने सन्तोषजनक रहनेछ ।
कुम्भ
नयाँ आयआर्जनका मार्गहरू फेला पर्न सक्छन् । सहकर्मी र साथीहरूको राम्रो सहयोग मिल्नेछ । सार्वजनिक कार्यक्रम वा छलफलमा तपाईंको विचारको प्रशंसा हुनेछ ।
मीन
घरायसी काममा समय बित्नेछ । पुरानो ऋण वा हिसाबकिताब सुल्झाउन सहज हुनेछ । अरूको विषयमा धेरै चासो राख्नुभन्दा आफ्नै लक्ष्यमा केन्द्रित हुनु फलदायी रहनेछ ।