नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज ६ गते मंगलबारको राशिफल

मेष
रोकिएका काम बन्ने र नयाँ कामको थालनी गर्ने राम्रो अवसर मिल्नेछ । पारिवारिक सहयोगले गर्दा अधुरा योजना अघि बढाउन मद्दत पुग्नेछ ।

वृष
आर्थिक कारोबार गर्दा सचेत रहनुपर्नेछ र अनावश्यक खर्च बढ्न सक्छ । योजना बनाएर मात्र काम सुरु गर्दा सम्भावित जोखिमबाट बच्न सकिनेछ ।

मिथुन
आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन् र साथीभाइको राम्रो साथ मिल्नेछ । नयाँ सम्पर्कहरूले भविष्यका निम्ति फाइदाजनक बाटो खोल्नेछन् ।

कर्कट
सामाजिक मान–प्रतिष्ठामा वृद्धि हुनेछ र कार्यक्षेत्रमा कामको प्रशंसा हुने योग छ । जिम्मेवारी बढ्नाले आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त मौका पाइनेछ ।

सिंह
रोकिएका काम सुचारु हुनुका साथै धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । सकारात्मक सोचका साथ अघि बढ्दा लक्ष्य प्राप्त गर्न सहज हुनेछ ।

कन्या
स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान पु¥याउनुहोला । यात्रा गर्दा र बोलीको प्रयोगमा संयमता अपनाउनु उचित हुनेछ ।
तुला
साझेदारी तथा व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ । आपसी समझदारी बलियो बन्नाले पारिवारिक सम्बन्ध अझ सुखद रहनेछ ।

वृश्चिक
प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ र आँटेका योजना सहजै पूरा हुनेछन् । विरोधीहरू कमजोर पर्नेछन् भने आफ्ना योजना कार्यान्वयन गर्न समय अनुकूल छ ।

धनु
अध्ययन–अध्यापन र बौद्धिक कार्यमा उल्लेख्य प्रगति हासिल हुनेछ । रचनात्मक सोचले मन प्रसन्न राख्नुका साथै नयाँ दिशा देखाउनेछ ।

मकर
घरायसी काममा बढी समय बित्नेछ र आफन्तसँग सामान्य मतभेद हुन सक्छ । महत्वपूर्ण निर्णय लिँदा हतार नगरी सोचविचार गरेर अघि बढ्नु हितकर हुनेछ ।

कुम्भ
आत्मविश्वास र पराक्रम बढ्नाले नयाँ काममा सफलता हात पर्नेछ । छोटो तथा फलदायी यात्राको सम्भावनासँगै सहकर्मीको सहयोग प्राप्त हुनेछ ।

मीन
बोलीको प्रभाव बढ्नेछ र आर्थिक पक्ष सुदृढ बनाउने अवसर जुर्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नुका साथै दिन रमाइलोसँग बित्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्