नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज ९ गते शुक्रबारको राशिफल

मेष
आम्दानी बढ्ने योग छ । पेसागत नयाँ अवसर मिल्नेछ । सहकर्मीको सहयोग पाइएला । छोटो यात्रा हुन सक्छ, अपेक्षाअनुसारको नतिजा हात लाग्नेछ ।  

वृष
आर्थिक लाभ हुनेछ । नयाँ कामको अवसर मिल्नेछ । साथीभाइबाट सहयोग पाइएला । लामो यात्रा टर्नेछ । सम्बन्धमा आत्मीयता बढ्नेछ ।

मिथुन 
धन आगमन भए पनि खर्च बढ्नेछ । पेसागत क्षेत्रमा जिम्मेवारी थपिएला । सहकर्मीको सहयोग मिल्नेछ । छोटो यात्रा सुखद हुनेछ ।

कर्कट
आर्थिक क्षेत्रमा लाभ मिल्नेछ । काममा प्रगति हुनेछ । साथीभाइसँग सम्बन्ध सुमधुर रहनेछ । सहकर्मीको सहयोग पाइनेछ । लामो यात्राको सम्भावना छ । 

सिंह
धन प्राप्तिको योग बलियो छ । पेसागत अवसरका ढोका खुल्नेछन् । सहकर्मीको साथ मिल्नेछ । छोटो यात्रामा जान सकिन्छ । स्वास्थ्य सामान्य रहनेछ ।

कन्या
परिश्रमका तुलनामा लाभ थोरै मात्रै हुनसक्छ । अनावश्यक खर्च बढ्नेछ । काममा दबाब पर्ला । साथीभाइको सहयोग मिल्नेछ । यात्रा स्थगित हुनसक्छ ।

तुला 
आम्दानी बढ्नेछ, नयाँ जिम्मेवारी पाइनेछ । सहकर्मीबाट सहयोग मिल्नेछ । साथीभाइसँग सम्बन्ध राम्रो रहनेछ । छोटो यात्राको सम्भावना छ ।

वृश्चिक
धन लाभ सामान्य रहनेछ । पेसागत क्षेत्रमा अवसर मिल्नेछ । सहकर्मीको सहयोग पाइएला । लामो यात्रा फलदायी हुनेछ । स्वास्थ्यमा ध्यान दिने बेला छ ।

धनु
आर्थिक लाभको योग छ ।  काममा नयाँ अवसर आउनेछन् । साथीभाइबाट सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्छ, सम्बन्धमा निकटता बढ्नेछ ।

मकर
धन आर्जन राम्रो हुँदा मन प्रसन्न होला । पेसागत क्षेत्रमा प्रगति हुनेछ । सहकर्मीको साथ पाइनेछ । लामो यात्राको सम्भवना उच्च छ । स्फूर्ति बढ्नेछ ।

कुम्भ 
आर्थिक लाभ हुनेछ ।  रोकिएका काम अघि बढ्नेछन् । साथीभाइको सहयोग पाइएला । छोटो यात्रा सुखद हुनेछ । सम्बन्धमा विश्वास बढ्नेछ ।

मीन
आयआर्जनमा उतारचढाव आउला, खर्च बढ्न सक्छ । पेसागत अवसर भने मिल्नेछ । सहकर्मीको सहयोग पाइनेछ । यात्रा सामान्य रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्