नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज ११ गते आइतबारको राशिफल

मेष
अध्ययन तथा रचनात्मक काममा मन केन्द्रित रहन्छ । आर्थिक पक्ष बलियो रहने देखिन्छ । पारिवारिक संवादले मनमा उत्साह थप्छ ।

वृष
व्यापार–व्यवसायबाट सामान्य लाभ हात पर्छ । खानपानमा विशेष सचेत रहनु उपयुक्त हुन्छ । अग्रजहरूको अनुभव उपयोगी साबित बन्छ ।

मिथुन
नयाँ योजना थाल्न अनुकूल वातावरण बन्छ । बौद्धिक काममा सफलता मिल्छ र प्रतिष्ठा बढ्छ । छोटो दूरीको यात्राको सम्भावना रहन्छ । बोलीको प्रभाव सकारात्मक पर्छ ।

कर्कट
घरायसी काममा बढी समय बित्छ । आर्थिक लेनदेनमा कागजी प्रक्रिया स्पष्ट राख्नु राम्रो हुन्छ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन्छ । नियमित विश्रामले ताजगी दिन्छ ।

सिंह
नेतृत्व क्षमता देखाउने राम्रो अवसर जुट्छ । दीर्घकालीन योजना बनाउन समय उत्तम छ । प्रतिस्पर्धीहरू पछि पर्छन् । आपसी सम्बन्धमा समझदारी कायम रहन्छ ।

कन्या
आकस्मिक खर्चको योग देखिन्छ । योजनाहरू गोप्य राखेर काम गर्दा फाइदा हुन्छ । प्रशासनिक काम क्रमशः सहज बन्दै जान्छन् । साथीभाइको सुझाव मननीय हुन्छ ।

तुला
आम्दानीका नयाँ बाटाहरू खुल्छन् । पहिले गरिएको लगानीबाट उचित प्रतिफल मिल्छ । प्रियजनसँगको भेटले दिन उत्साहपूर्ण बनाउँछ । अध्ययन र अनुसन्धानमा प्रगति हुन्छ ।

वृश्चिक
कर्मक्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुन्छ । वरिष्ठ व्यक्तिको सहयोगले कामको गति तीव्र बन्छ । नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आउँछ । यात्रा गर्दा संयम अपनाउनु बेस हुन्छ ।

धनु
सामाजिक तथा रचनात्मक क्षेत्रमा रुचि बढ्छ । रोकिएका कामहरू आफन्तको समन्वयमा अघि बढ्छन् । अध्ययन वा भ्रमणको योजना बन्छ । मिहिनेतअनुसार राम्रो नतिजा हात लाग्छ ।

मकर
सुरुवातमा केही ढिलाइ भए पनि काम सम्पन्न हुन्छ । गोप्य विषय सुरक्षित राख्नु हितकर हुन्छ । खानपान र आराममा ख्याल राख्नुपर्छ । लगनशीलताले नतिजा सकारात्मक दिन्छ ।

कुम्भ
साझेदारी व्यवसायबाट राम्रो लाभ मिल्छ । व्यक्तिगत सम्बन्धहरू सुमधुर रहन्छन् । नयाँ सम्पर्कले भविष्यमा सहयोग पु¥याउँछ । आत्मविश्वास बलियो रहन्छ ।

मीन
प्रतिस्पर्धात्मक काममा सफलता मिल्छ । कार्यक्षेत्रका पुराना उल्झनहरू हट्दै जान्छन् । स्वास्थ्यमा क्रमिक सुधार देखिन्छ । रोकिएको रकम हात पर्ने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्