नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज १२ गते सोमबारको राशिफल

मेष
सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । बौद्धिक छलफल र भेटघाट फलदायी बन्नेछन् । स्वास्थ्यमा सामान्य उतारचढाव देखिन सक्छ, सतर्क रहनुहोला ।

वृष
अड्किएका काममा प्रगति हुनेछ । नयाँ जिम्मेवारी हात पर्ने सम्भावना छ । खानपानमा संयम अपनाउनुहोला । साझेदारी कामबाट सन्तोषजनक लाभ मिल्नेछ ।

मिथुन
मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ । रोकिएका आर्थिक कारोबार सुल्झिने संकेत छन् । बोलीमा संयमता राख्दा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।

कर्कट
पारिवारिक वातावरण रमाइलो रहनेछ । जग्गाजमिन वा भौतिक साधनको खरिदबिक्रीमा सकारात्मक नतिजा आउनेछ । अरूको भर पर्दा सामान्य अलमल हुन सक्छ ।

सिंह
आँटेको काममा दाजुभाइ तथा सहकर्मीको राम्रो साथ मिल्नेछ । छोटो यात्राको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने पराक्रममा वृद्धि हुनेछ ।

कन्या
आर्थिक पक्ष सबल बन्दै जानेछ । रोकिएको धन हात पर्ने सम्भावना प्रबल छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न तुल्याउनेछ ।

तुला
नयाँ योजनाको थालनी गर्न समय अनुकूल छ । मानसम्मान र प्रतिष्ठा बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार–व्यवसायबाट उत्साहजनक लाभ प्राप्त हुनेछ ।

वृश्चिक
खर्चमा केही वृद्धि हुनाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्नेछ । अनावश्यक विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ । वैदेशिक क्षेत्रका काम अघि बढ्नेछन् ।

धनु
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । लामो समयदेखि रोकिएको काम बन्नेछ । साथीभाइको सहयोगले ठूलो समस्या सहजै समाधान हुनेछ ।

मकर
कर्मक्षेत्रमा प्रभाव बढ्नेछ । उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कले भविष्यका निम्ति फाइदा पुग्नेछ । लगनशीलताले गर्दा नयाँ अवसर प्राप्त हुनेछ ।

कुम्भ
धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ । भाग्यले साथ दिनेछ भने टाढिएका मित्रहरूसँग पुनः सम्बन्ध जोडिनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।

मीन
गोपनीयतामा ध्यान दिनुहोला । बिनातयारी गरिएका निर्णयले केही चुनौती थप्न सक्छन् । धैर्य र संयम भएर अघि बढ्दा दिनको उत्तरार्ध सहज बन्दै जानेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्