नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज १३ गते मंगलबारको राशिफलः

मेष
रोकिएका काम सुल्झाउन अनुकूल समय छ । कार्यक्षेत्रमा सहकर्मीको सहयोग जुट्नेछ । नयाँ सम्झौता वा लगानी गर्दा सोचविचार पु¥याउनुहोला ।
वृष
आर्थिक पक्ष सन्तुलित रहनेछ । पारिवारिक जमघट र रमाइलो भेटघाटको योग छ । बोलीको प्रभावले जटिल मानिएका काम पनि सहज बन्नेछन् ।
मिथुन
नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ । भौतिक सुख–सुविधामा खर्च बढ्न सक्छ । साझेदारी काममा पारदर्शिता राख्दा भविष्यलाई फाइदा पुग्नेछ ।
कर्कट
कामको चापले केही मानसिक थकान हुनसक्छ । खानपान र आराममा ध्यान दिनुहोला । अनावश्यक विवादबाट टाढै रहनु हितकर हुनेछ ।
सिंह
सामाजिक प्रतिष्ठा र प्रभाव बढ्नेछ । आफ्ना विचार तथा क्षमता प्रस्तुत गर्ने उपयुक्त अवसर मिल्नेछ । रोकिएको धन हात पर्ने सम्भावना छ ।
कन्या
व्यावसायिक यात्राको अवसर जुट्न सक्छ । मेहनतअनुसारको प्रतिफल हात लाग्नेछ । परिवारका अग्रज व्यक्तिको मार्गदर्शनले समस्याको समाधान निकाल्न सघाउनेछ ।
तुला
भाग्यले साथ दिनेछ र रोकिएका काम अघि बढ्नेछन् । पठनपाठन तथा सिर्जनात्मक कार्यमा रुचि जाग्नेछ । साथीभाइबाट सकारात्मक सहयोग पाइनेछ ।
वृश्चिक
गोप्य योजना सार्वजनिक नगर्नुहोला । आर्थिक लेनदेनमा सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ । स्वास्थ्यमा सामान्य मौसमी प्रभाव देखिन सक्छ ।
धनु
व्यापार–व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । दाम्पत्य जीवन सुखद रहनेछ । छोटो तथा फलदायी यात्राको सम्भावना छ ।
मकर
कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पुरानो ऋण वा कानुनी झमेलाबाट राहत मिल्ने समय छ । मेहनतको राम्रो कदर हुनेछ ।
कुम्भ
अध्ययन–अध्यापन र अनुसन्धानका क्षेत्रमा प्रगति हुनेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ । मनमा नयाँ विचार र उमङ्ग भरिनेछ ।
मीन
घरपरिवार र आफन्तको साथ मिल्नेछ । घरायसी काममा बढी समय खर्चिनुपर्ने देखिन्छ । भावनामा बगेर तत्काल ठूला निर्णय नलिनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्