नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज २१ गते बुधबारको राशिफल

मेष
आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । हतारमा गरिएको निर्णयले सामान्य नोक्सानी पु¥याउन सक्छ । आफन्तसँगको सामान्य मनमुटाव समझदारीमै टुंगिनेछ ।

वृष
आर्थिक पक्ष सबल रहनेछ र लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । साथीभाइको सहयोगले अधुरा योजना अगाडि बढ्नेछन् । स्वास्थ्यमा सामान्य ध्यान दिनुहोला ।

मिथुन
बौद्धिक कार्यमा सफलता मिल्नेछ र मान–सम्मान बढ्नेछ । व्यापार व्यवसायमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ । बोलीको प्रभावले अरूलाई आकर्षित गर्न सकिनेछ ।

कर्कट
मनमा प्रसन्नता र उत्साह रहनेछ । आफन्तसँगको भेटघाटले मन प्रफुल्ल बनाउनेछ । नयाँ कार्यको थालनी गर्न समय अनुकूल छ ।

सिंह
कार्यक्षेत्रमा जिम्मेवारी थपिनेछ र परिश्रमको उचित मूल्याङ्कन हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुने योग छ । अनावश्यक विवादबाट जोगिनु राम्रो हुनेछ ।

कन्या
आर्थिक लाभका साथै नयाँ योजनाहरू बन्नेछन् । विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय छ । पारिवारिक वातावरण सुखद र सौहार्दपूर्ण रहनेछ ।

तुला
दैनिक कामहरू सहज रूपमा सम्पन्न हुनेछन् । व्यापार र उद्योगमा नयाँ लगानीको अवसर जुट्न सक्छ । मनोरञ्जन र यात्रामा समय बित्नेछ ।

वृश्चिक
काममा अनावश्यक ढिलासुस्ती र झन्झट आइपर्न सक्छ । अरूको भर पर्दा हात लागिसकेको अवसर फुत्किन सक्ने भएकाले सतर्क रहनुहोला ।

धनु
रचनात्मक काममा मन जानेछ र प्रशंसा पाइनेछ । रोकिएको धन हात पर्ने सम्भावना छ । अग्रज व्यक्तिको सल्लाह उपयोगी साबित हुनेछ ।

मकर
आफ्नो कार्यकुशलताले अरूलाई प्रभावित पार्न सकिनेछ । नयाँ सम्बन्ध र सहकार्यको सुरुवात हुन सक्छ । खानपानमा विशेष सतर्कता अपनाउनुहोला ।

कुम्भ
आयआर्जनका बाटाहरू फराकिला हुनेछन् । मनमा नयाँ विचार र ऊर्जाको सञ्चार हुनेछ । पारिवारिक सुख र सहयोग प्राप्त हुनेछ ।

मीन
अध्यात्म र परोपकारी कार्यमा रुचि बढ्नेछ । लामो समयदेखि रोकिएका समस्याहरूको समाधान भेटिनेछ । आम्दानीका प्रयासहरू सकारात्मक रहनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्