नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ कात्तिक २९ गते आइतबारको राशिफल

मेष  
आर्थिक क्षेत्रमा लाभ हुने योग रहेको छ भने पारिवारिक सहयोग र प्रेरणाले रोकिएका कामहरूले तीव्र गतिमा अगाडि बढ्ने अवसर पाउनेछन् । व्यवसायमा नयाँ सम्भावनाहरू खुल्नेछन् ।

वृष 
आज आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्ने सम्भावना छ भने दाम्पत्य जीवन अत्यन्तै सुखमय रहनेछ । वैदेशिक यात्राको योग रहेको छ ।

मिथुन  
मानसिक रूपमा कामको व्यस्तता बढी रहन सक्छ । घरपरिवारमा पर्याप्त समय दिनु राम्रो हुनेछ भने टाढाको यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा भने सफलता मिल्ने योग छ ।

कर्कट  
पुराना लगानी वा कार्यबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ । साथीभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नाले समाजमा मान–सम्मान कमाउने अवसर प्राप्त हुनेछ ।

सिंह  
आज ऊर्जा र उत्साहले परिपूर्ण रहनेछन् । आर्थिक स्थिति बलियो बन्नेछ भने करिअर वा व्यवसायमा पदोन्नति वा महŒवपूर्ण जिम्मेवारी पाउन सकिनेछ । 

कन्या  
सोचेभन्दा केही बढी खर्च हुन सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला । उच्च शिक्षा वा वैदेशिक यात्राका लागि गरिएका प्रयासहरूले सकारात्मक मोड लिन सक्छन् । भाग्यले साथ दिँदा अधुरा कामहरू बन्नेछन् ।

तुला  
स्वास्थ्यमा उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । अनावश्यक वादविवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ भने सवारीसाधन चलाउँदा सतर्कता अपनाउनुहोला ।

वृश्चिक  
व्यापारिक लगानीबाट उत्कृष्ट प्रतिफल प्राप्त गर्न सकिनेछ । दाम्पत्य जीवन र प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ भने नयाँ व्यक्तिहरूसँग हुने भेटघाटले भविष्यमा दिगो लाभ पु¥याउनेछ ।

धनु  
आर्थिक पक्ष सबल बन्दै जानेछ भने पुराना शत्रु वा प्रतिस्पर्धीहरू स्वतः परास्त हुनेछन् । कार्यालयमा सहकर्मीहरूको भरपूर साथ र सहयोग मिल्नाले नियमित कार्यहरू सहजै सम्पन्न हुनेछन् ।

मकर  
सिर्जनात्मक र रचनात्मक कार्यमा रुचि बढ्नेछ । यद्यपि, शेयर बजार वा अन्य जोखिमपूर्ण लगानीमा सोचविचार गरेर मात्र कदम चाल्नु उचित हुन्छ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ ।

कुम्भ  
जग्गाजमिन वा घरसम्बन्धी कारोबारमा फाइदा हुन सक्छ । आमा वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यको विशेष ख्याल गर्नुहोला र व्यवसायमा सामान्य उतारचढावलाई सहज रूपमा लिनुहोला ।

मीन  
 छोटो तथा लाभदायक यात्राको योग रहेको छ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध सुमधुर बन्नेछ । नयाँ ज्ञान वा सीप सिक्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक क्षमताको उत्कृष्ट विकास हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्