नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ साल कार्तिक ३० गते सोमबारको राशिफलः

मेष 
आजको दिन बौद्धिक तथा सिर्जनात्मक कार्यमा विशेष सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएका अधुरा कामहरू पूरा गर्न आजको समय निकै अनुकूल देखिन्छ ।

वृष 
व्यवसायमा सोचेभन्दा राम्रो मुनाफा आर्जन हुने देखिन्छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा गरिएका कामले दीर्घकालीन फाइदा दिनेछ । स्वास्थ्य सामान्य रहनेछ भने आत्मविश्वासमा वृद्धि हुनेछ ।

मिथुन 
विद्यार्थी वर्गका लागि अध्ययन, अनुसन्धान तथा प्रतिस्पर्धामा विशेष सफलता मिल्ने दिन छ । बोलीको प्रभावले कठिन कामहरू पनि सहजै बन्नेछन् । सामाजिक कार्यमा रुचि बढ्ने र मानसम्मान प्राप्त हुने योग छ ।

कर्कट 
घरायसी कामकाजमा व्यस्तता बढे पनि मन प्रसन्न रहनेछ । आमा वा मान्यजनको स्वास्थ्यप्रति केही सचेत रहनुहोला । अनावश्यक खर्च नियन्त्रण गर्न सके बचत राम्रो हुनेछ ।

सिंह 
वैदेशिक यात्रा वा लामो दूरीको व्यावसायिक भ्रमणको अवसर जुर्न सक्छ । कार्यक्षेत्रको प्रतिस्पर्धा तथा विवादमा तपाईंको पक्ष बलियो रहनेछ । दाजुभाइ तथा आफन्तजनबाट महŒवपूर्ण सहयोग प्राप्त हुनेछ ।

कन्या 
बौद्धिक तथा तार्किक क्षमताको कदर हुनेछ । आर्थिक कारोबारमा पारदर्शिता राख्नुहोला । खानपानमा ध्यान नदिँदा सामान्य पेटसम्बन्धी समस्या देखिन सक्छ ।

तुला 
नयाँ सवारी साधन खरिद गर्ने वा भौतिक सुखसुविधाका सामग्री जोड्ने योग बनेको छ । सामाजिक भेटघाट, भोजभतेर तथा रमाइलोमा समय बित्नेछ । कला, साहित्य र मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । 

वृश्चिक 
उच्च आत्मबल र दृढ निश्चयका साथ महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ भने साझेदारी व्यवसायबाट सन्तोषजनक प्रतिफल मिल्नेछ । मानसिक शान्ति र ऊर्जा महसुस हुने दिन छ ।

धनु 
धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यमा मन जानेछ । लोकसेवा वा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेकाहरूका लागि मेहनत अनुसारको सुखद नतिजा आउने समय छ । 

मकर 
पारिवारिक विरासत वा मान्यजनको मार्गदर्शनबाट विशेष फाइदा पुग्नेछ । कार्यक्षेत्रमा लामो समयदेखि अड्किएका कामहरू सुचारु हुँदा मानसिक तनाव कम हुनेछ । स् नयाँ लगानीका लागि आजको दिन मध्यम रहेको छ ।

कुम्भ 
सामाजिक कार्य, उत्सव तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता रहनेछ । मित्रवर्गको सहयोगले महत्वपूर्ण काम बन्नेछ । प्रेम तथा वैवाहिक सम्बन्धमा विश्वास अझ बलियो हुनेछ ।

मीन 
प्रशासनिक तथा कार्यालयसम्बन्धी कामकाज बिनाझञ्झट सम्पन्न हुनेछन् । पुरानो ऋण चुक्ता गर्न र आगामी दिनको आर्थिक योजना बनाउन आजको दिन निकै उत्तम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्