नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ मंसिर १ गते मंगलबारको राशिफल

मेष
मनमा प्रसन्नता छाउनेछ । आँटेका कामहरू सहजै बन्नेछन् । पारिवारिक साथ र सहयोग प्राप्त हुनाले उत्साह बढ्नेछ । आर्थिक पक्ष सबल रहनेछ भने मिष्ठान्न भोजनको अवसर जुट्नेछ ।

वृष
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । यात्राको सम्भावना देखिन्छ । धैर्यका साथ काम गरेमा दिनको उत्तरार्धमा सफलता मिल्नेछ ।

मिथुन
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । व्यापार व्यवसायमा मनग्य लाभ मिल्ने योग छ । साथीभाइ तथा आफन्तजनबाट महŒवपूर्ण सहयोग प्राप्त हुनेछ ।

कर्कट
कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । पदोन्नति वा नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ । सामाजिक मान–प्रतिष्ठामा वृद्धि हुनेछ र रोकिएका कामले गति लिनेछन् ।

सिंह
धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ । भाग्यले साथ दिने भएकाले थालेका कामहरू सफल हुनेछन् । टाढाका आफन्तसँगको भेटघाटले मन रमाउनेछ ।

कन्या
स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । गोपनीयता भंग हुन सक्ने भएकाले आफ्ना योजनाहरू अरूलाई नसुनाउनु नै बेस हुनेछ ।

तुला
प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी व्यवसायबाट राम्रो फाइदा पुग्नेछ । रमाइलो यात्राको अवसर मिल्नुका साथै मन प्रसन्न रहनेछ ।

वृश्चिक
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धामा सफलता मिल्नेछ । मुद्दामामिला तथा विवादमा तपाईंको पक्ष बलियो रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ र काममा जाँगर चल्नेछ ।

धनु
पठनपाठन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । रचनात्मक कामबाट अरूको मन जित्न सकिनेछ ।

मकर
पारिवारिक असमझदारी बढ्न सक्ने भएकाले बोलीमा संयमता अपनाउनुहोला । हतारमा निर्णय लिँदा पछि पछुताउनुपर्ने हुन सक्छ । मातापिताको सल्लाह लिएर काम गर्नु शुभ हुनेछ ।

कुम्भ
पराक्रम बढ्नुका साथै रोकिएका कामहरू बन्नेछन् । दाजुभाइ तथा दिदीबहिनीको पूर्ण सहयोग मिल्नेछ । छोटो दूरीको लाभदायी यात्रा हुन सक्छ ।

मीन
बोलीको प्रभावले महŒवपूर्ण काम बन्नेछ । सञ्चित धनमा वृद्धि हुने योग छ । परिवारसँग रमाइलो समय बित्नेछ र स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्