नेभिगेशन
राशिफल

२०८२ साउन २९ गते विहीबारको राशिफल

मेष – आर्थिक संकट आउदा सहयोगीको साथ पाइनेछ । लोभ्याउने तत्वबाट  सावधान रहनुपर्ने समय छ । खर्च भए पनि त्यसले पछि फाइदा दिनेछ । रोकिएका काम पुरा हुनेछन् ।

वृष – आम्दानीका नयाँ स्रोतहरू भेटिने छन् । परिश्रमको उचित फल पाइनेछ । मन प्रसन्न रहला । मान बढ्नेछ । नयाँ काम थाल्दा आर्थिक सहयोग जुट्ने छ ।

मिथुन – बिगतका गल्तीले दुःख दिनेछन् । मान प्रतिष्ठामा असर पर्न सक्छ । खर्च हुनेछ । विवादपूर्ण जिम्मेवारी आइलाग्न सक्छ । संयम राख्नु उचित होला ।

कर्कट – विशेष कामले प्रतिष्ठा वृद्धि गराउने योग छ । समाजिक कामका जिम्मेवारी आउन सक्छन् । साथीभाइको सहयोग हुनेछ । अवसरमा पहुँच बढ्ला ।

सिंह – चुनौतीपूर्ण जिम्मेवारी आइलाग्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । खानपानमा विशेष ध्यान राख्नुपर्ने समय छ । गोपनीयता बाहिरिदा समस्या हुन सक्छ । 

कन्या – रमाइलो भेटघाट हुनेछ । घुमफिर र मनोरञ्जनमा खर्च हुनेछ । बोलीमा संयम अपाउनु उचित हुनेछ । आम्दानी बढ्नेछ । नयाँ काम थाल्दा गोपनीयतामा सतर्क रहनु आवश्यक छ ।

तुला – प्रतिष्पर्धामा जीतको सम्भावना छ । काममा चुनौति आए पनि सुझबुझले पार लगाउन सकिनेछ । डाह गर्नेले केही बिगार्न सक्ने छैनन् । स्वास्थ्य अनुकूल रहनेछ ।

वृश्चिक – अध्ययनमा रुचिले फाइदा दिनेछ । मानसम्मान प्राप्तिको योग छ । व्यापार तथा कृषिसँग सम्बद्ध काममा लाभ हुनेछ । 

धनु – साझेदारी व्यवसायका समस्या सुल्झिने छन् । दीगो योजनाहरूबाट लाभ हुनेछ । मार्गदर्शकका सुझावले फाइदा दिने योग छ । पुराना जिम्मेवारी नवीकरण हुनेछन् ।  

मकर – उपहार पाइने सम्भावना छ । सहयोगीको साथ रहने छ । नयाँ काम थालिनेछ । उद्योग व्यापारमा फाइदा छ । प्रतिस्पर्धी पराजित हुनेछन् । 

कुम्भ – नयाँ काम थाल्न उपयुक्त समय छ । व्यवसायमा फाइदा हुनेछ । लोकप्रियता बढ्ने र आर्थिक लाभ हुने योग छ । अध्ययनमा रुचिले नयाँ बाटो देखाउने छ । 

मीन– परिश्रमको फल पाइनेछ । अवसर र आम्दानीका स्रोत भेटिनेछ । थालेका कामलाई परिश्रमले पार लगाइनेछ । आफन्त भेटघाट हुनेछन् । प्रष्ट वक्ता नबन्नु हितकर हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल