नेभिगेशन
अर्थतन्त्र

पर्वतारोहण संघले मनायो ५२औं दिवस

काठमाडौं (संवाददाता)– नेपाल पर्वतारोहण संघले नक्सालस्थित सचिवालयमा ५२औं दिवस मनाएको छ । संघले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवमा कीर्तिमानी पर्वतारोहीहरू, पर्वतीय पर्यटनसँग सम्बन्धित संस्थाहरू, पत्रकारहरू र कर्मचारीहरूलाई संस्थाका उल्लेखनीय व्यक्तित्वहरूको नाममा पुरस्कार प्रदान गर्दै सम्मान गर्दै आएको छ ।  

जसमा डाउन फेदर पहिरनबिना आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गरेर इतिहास रच्ने मिङ्मा तेन्जी शेर्पाले कुमार खड्ग विक्रम शाह साहसिक पुरस्कार प्राप्त गरेका छन् । विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटु ६ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने सिद्धिबहादुर तामाङलाई डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार प्रदान गरिएको थियो । 

यसका साथै, सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो महिला सब इन्स्पेक्टर  कुञ्जाङ त्शोपेल शेर्पालाई पासाङ ल्हामु शेर्पा साहसिक महिला पर्वतारोही पुरस्कारले सम्मानित गरिएको छ । पत्रकार सुरज कुँवर र पवन फुयाँललाई दावा नोर्बु माउन्टेन जुमालिज्म अवार्ड प्रदान गरिएको थियो । 

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संघका अध्यक्ष फर गेल्जे शेर्पा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्