नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमई बैंक र नास–आईटी बैंकिङ अन्तरक्रिया

काठमाडौं (संवाददाता)– ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग कर्जा विस्तार, नवीन बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले कर्जाका प्रकार, प्रक्रिया र आवश्यक कागजात, आईटी क्षेत्रमा लक्षित कर्जा योजनाहरू, डिजिटल तथा नवीन बैंकिङ सेवाहरू र बैंकिङ विवरण सुरक्षित राख्ने उपायबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभिन्न पेसा र व्यवसायसँग आबद्ध समूहका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै बैंकले आफ्नो सेवा विस्तार र ग्राहकसँगको सम्बन्ध सुदृढ बनाइरहेको बताए । साथै, बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी आम नागरिकमा वित्तीय सचेतना अभिवृद्धि गर्दै आएको जानकारी पनि दिए ।

ग्लोबल आइएमई बैंक र नास–आईटीबीचको सहकार्यलाई सुदृढ पार्दै दुवै संस्थामा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाइएको छ । यससँगै ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर अवार्डसहितका प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालय छन् । बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र