नेभिगेशन
अर्थतन्त्र

लक्ष्मी सन्राइज क्यापिटलको लाभांश पारित

काठमाडौं (संवाददाता)– लक्ष्मी सनराइज क्यापिटलले आफ्नो १५औं वार्षिक साधारणसभाबाट शेयरधनीलाई वितरण गर्ने चुक्ता पुँजीको १५.७९ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको साधारणसभा शुक्रबार लक्ष्मी कम्प्लेक्स हात्तीसारमा सम्पन्न भएको हो । 

साधारणसभाबाट आर्थिक २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक श्री एन.बि.एस.एम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने निर्णय पनि गरेको छ । 

कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेकोमा छ वटै म्युचुअल फण्डले गत आर्थिक वर्षको नाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको क्यापिटलले जनाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र