नेभिगेशन
अर्थतन्त्र

डिशहोमका सेवाग्राहीलाई द ट्राङक्विलिटी स्पामा छुट

काठमाडौं (संवाददाता)– डिशहोमले द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ । सो साझोदारी सम्बन्धी सम्झौतापत्रमा डिशहोमका चिफ अफ न्यून प्रडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जन र स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजोले हस्ताक्षर गरेका छन् । 

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकको जीवनशैलीलाई अझ समृद्ध बनाउन र देशव्यापीरुपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरु प्रदान गर्ने लक्ष्य राखेको छ । 

डिशहोमले आफ्ना सक्रिय ग्राहकहरुले नेपालभर रहेका सबै ट्राङ्क्विलिटी स्पा शाखाहरुमा स्पा र सलोन सेवामा २५ प्रतिशत छुट पाउनेछन् । यस्तै, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाउनेछन् । 

देशका प्रमुख सहरहरु र पर्यटनस्थलहरुमा शाखा विस्तार गरिसकेको सो स्पाले डिशहोमका ग्राहकहरुलाई मनोरन्जन र स्वास्थ्यका सुविधाहरु एउटै प्लेटफर्मममा उपलब्ध गराएको छ । 

डिशहोमले यो छुट पाउनका लागि माई डिशहोम एप प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरेर दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुपर्नेछ । त्यसपछि होमस्क्रिनमा रहेको आफ्नो भर्चुअल प्रिभिलेज कार्ड खोल्ने र कुनै पनि ट्राङक्विलिटी स्पा शाखामा कार्ड देखाएर तुरुन्तै छुट पाउन सक्नेछन् । 

डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले यस किसिमको साझेदारीले स्पा र सलोन ब्रान्डलाई आफ्नो ग्राहकहरुलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिवद्धतासँग जोडने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र