नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा १३.८८ अंकको गिरावट

काठमाडौं । शेयरबजार सोमबार पनि घटेको छ । कारोबार मापन गर्ने सूचक नेप्से १३.८८ अंकले घटेर २,५८१.२१ बिन्दुमा कायम भएको छ । सूचकमा गिरावट भएसँगै कारोबार रकममा पनि कमी आएको छ । कुल तीन अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बराबरको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये २०० वटाको शेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । यद्यपी यसदिन ५४ कम्पनीको शेयरमूल्य बढेको छ । बाँकी पाँच वटाको स्थिर रहेको छ ।

सूचीकृत १३ समूहमध्ये व्यापारबाहेक सबै घटेका छन् । व्यापार समूह ०.५७ प्रतिशत बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२६ प्रतिशत घटेको छ । त्यसपछि जीवन बीमा समूह १.०१ प्रतिशत, लगानी ०.९७, अन्य ०.६९, जलविद्युत् ०.६६, लघुवित्त र निर्जीवन बीमा समूह ०.४५, विकास बैंक ०.३७, बैंकिङ ०.३५, उत्पादन तथा प्रशोधन ०.३२, र म्युचुअल फण्ड ०.०६ प्रतिशत घटेका छन् ।

एसवाई प्यानल नेपालको शेयर मूल्यमा सोमबार पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको १० करोड ३० लाख ८९ हजार ११४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति २४ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि आठ अर्ब रुपैयाँ घटेर १४ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ ।

पछिल्लो समय ब्याजदर निकै सस्तो भए पनि समग्र लगानीको वातावरण बिग्रिदै गएपछि शेयरबजारमा माग पक्ष खुम्चिएर गएको छ । बरु कम्पनीहरूले लाभांश वितरण गरिरहेको बेला नाफा सुरक्षित गरेर बजारबाट बाहिरनेहरू बढेका छन् । जसको असर बजारमा प्रत्यक्ष परेको छ । अर्कोतर्फ कम्पनीहरूले निष्कासन गर्ने आईएपीओमा पनि ठूलो रकम जाने भएकाले दोस्रोबजारमा कारोबार खुम्चिएको विश्लेषण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्