नेभिगेशन
अर्थतन्त्र

विराटनगरमा व्यापार मेला

माेरङ । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी आर्थिक गतिविधि चलायमान गर्ने उद्देश्यले आज (बुधबार)देखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुँदैछ । मोरङ उद्योग व्यापार संघ विराटनगरले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी पुस १७ गतेसमम एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादन मेलाले औद्योगिक उत्पादनको प्रवर्द्धन साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । विराटनगरको पोखरियामा आयोजना हुने एक्स्पोमा २० करोड रुपैयाँ बराबरको व्यापार हुने अनुमान गरिएको उनले जानकारी दिए । संयोजक अमितकुमार सारडाले एक्स्पोमा २०० वटा ‘स्टल’ रहने बताए । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै भारत, बंगलादेश, पाकिस्तानमा उत्पादित वस्तुहरू समेत रहने उनले जानकारी दिए । एक्स्पो सञ्चालनका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान संघको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्