नेभिगेशन
अर्थतन्त्र

कृषकलाई अनुदान दिइने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले कृषक, व्यवसायी तथा उद्यमीद्वारा उत्पादित मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचार गर्न सहयोग गर्नेछ । राष्ट्रिय मह मेला व्यवसायिक कीट विकास केन्द्र, नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा विविभन्न मह मेला सञ्चालन गरिने तथा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम मार्फत पनि विभिन्न कार्यक्रम गरिने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र