नेभिगेशन
अर्थतन्त्र

बढ्यो जीवन बीमाको व्यापार

पाँच महिनामा ७६ अर्ब ९० करोड बीमाशुल्क संकलन

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा जीवन बीमा कम्पनीहरूको व्यापार करिब १७ प्रतिशत बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा यसपटक जीवन बीमा कम्पनीहरूको व्यापार १६.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार गर्नेहरूमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीले मंसिरसम्म २१ अर्ब ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ संकलन गरकेो थियो । नेपाल लाइफको व्यापार १३.९१ प्रतिशतले बढेको छ ।

धेरै व्यापार गर्नेहरूमध्ये दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले २०८२ साउन देखि मंसिरसम्म ९ अर्ब २७ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एक वर्ष अघिको तुलनामा कम्पनीको व्यापार १६.०७ प्रतिशतले बढेको छ ।

लाइफ इन्स्योरेन्स कर्पो रेसन धेरै व्यापार गर्ने हरूमध्ये तेस्रो स्थानमा छ । साउन देखि मंसिरसम्म कम्पनीले ८ अर्ब १८ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, हिमालयन लाइफले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एसियन लाइफले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ र सिटिजन लाइफले ३ अर्ब २३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । व्यापार वृद्धिको हिसाबले भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १४६.९४ प्रतिशतले वृद्धि भएको छ । हिमालयन लाइफको व्यापार १.९६ प्रतिशत, सूर्यज्योति लाइफको १२.०७ प्रतिशत, एसियन लाइफको ११.६४ प्रतिशत र सिटिजन लाइफको २१.७३ प्रतिशतले बढेको छ ।

पाँच महिनामा सानिमा रिलायन्स लाइफले २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ, मेटलाइफले २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड १८ लाख रुपैयाँ तथा सन नेपाल लाइफले १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्