नेभिगेशन
अर्थतन्त्र

डोङफेङको उच्चस्तरीय नेतृत्व नेपालमा

काठमाडौं (संवाददाता)— चीनको अग्रणी अटोमोबाइल कम्पनी डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका अध्यक्ष वाङ लङको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आएको छ । डोङफेङ मोटरले नेपाली बजारलाई प्राथमिक बजारका रूपमा अघि सार्दै दीर्घकालीन विकास र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले यो भ्रमण आयोजना गरेको हो ।

टोलीले नेपालमा डोङफेङको हालको बजार प्रदर्शन, सञ्चालन संरचना, पूर्वाधार अवस्था तथा आफ्टर सेल्स सर्भिसको मूल्यांकन गरेको छ । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ग्राहक प्रतिक्रिया, बजार प्रवृत्ति तथा सञ्चालन दक्षताबारे जानकारी लिँदै ब्रान्ड उपस्थितिलाई अझ सुदृढ बनाउने, ग्राहक अनुभव सुधार गर्ने र नेपाली बजारका लागि उत्पादन दायरा विस्तार गर्ने विषयमा छलफल गरेको जनाइएको छ । साथै, भविष्यमा बजार विस्तार र तीव्र पहुँचका सम्भावनाहरूको पनि अध्ययन गरिएको थियो ।

डोङफेङका प्रतिनिधिमण्डलले नेपालमा ग्राहकहरूलाई ‘नामी’ ब्रान्डका गाडीहरू हस्तान्तरण गरेका थिए । यो उपलब्धिलाई डोङफेङका लागि नेपाली बजारमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । उक्त कार्यक्रमले भरपर्दो तथा मूल्य–आधारित मोबिलिटी समाधान प्रदान गर्ने र ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

भ्रमण सकारात्मक छलफल र भविष्यको सहकार्यसम्बन्धी समझदारीका साथ सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ । डोङफेङ मोटरले आगामी दिनमा पनि नेपालमा आफ्ना गतिविधिहरूलाई निरन्तर विस्तार गर्ने, स्थानीय साझेदारसँग नजिकबाट सहकार्य गर्ने, पूर्वाधार सुदृढ गर्ने र विकसित हुँदै गएको नेपाली विद्युतीय सवारी (ईभी) बजारमा नयाँ सम्भावनाहरू खोज्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र