मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -
दिन राम्रो छ । आत्मविश्वास बढ्नेछ, नयाँ कामको सुरुवातका लागि समय शुभ देखिन्छ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । खर्चमा संयम अपनाउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) -
मिश्रित फल मिल्ने दिन । व्यवसाय वा जागिरमा सामान्य प्रगति हुनेछ । तर घरपरिवारमा सामान्य विवादको सम्भावना छ । कुरा काट्नेभन्दा सुन्ने बानी बसाल्नुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) -
उत्साहजनक दिन । सोचेजस्तै काम बन्ने सम्भावना छ । पुराना साथीभाइसँग भेटघाटले मन प्रफुल्लित बनाउनेछ । संकोच नगरी विचारहरू खुलस्त राख्नुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -
धेर भागदौड हुने दिन । कामको चापले मानसिक थकान हुनसक्छ । घरपरिवारमा पनि जिम्मेवारी बढ्नेछ । समय व्यवस्थापनमा ध्यान दिनुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) -
भाग्यशाली दिन । रुकेको काम अघि बढ्नेछ । मानसम्मान र अवसर प्राप्त हुने संकेत देखिन्छ । अहंकारले राम्रो समय बिग्रन सक्ने भएकाले विनम्र रहनुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) -
सावधानी अपनाउनुपर्ने दिन । वित्तीय क्षेत्रमा सोचेर मात्रै लगानी गर्नुहोस् । काममा सामान्य तनाव देखिन्छ । आत्मसंयम र धैर्यलाई साथ बनाउनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) -
सामाजिक सम्मान बढ्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। प्रेम सम्बन्धमा सुधार हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) -
सजग रहनुपर्ने दिन । विचारभन्दा बाहिरको निर्णयले पछुतो हुनसक्छ । मित्रता र सम्बन्धमा सन्तुलन कायम गर्नुपर्छ । विवादमा नपरी चुप रहनु नै उत्तम हुन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) -
उत्कृष्ट दिन । अध्ययन, लेखन वा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । नयाँ यात्रा वा योजना बन्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) -
व्यस्त तर फलदायी दिन । सरकारी वा कानुनी काममा सफलता मिल्नेछ । घरमा सानो उत्सव वा जमघटको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) -
सकारात्मक सोचले सहयोग पुर्याउने दिन । नजिकका व्यक्तिबाट प्रेरणा मिल्नेछ । काममा सन्तुलन रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) -
सामान्य दिन । केही कामहरूमा ढिलाइ हुनसक्छ, तर नतिजा सकारात्मक रहन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ ।