मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन मनोरञ्जन र विलासितामा बित्नेछ । पारिवारिक सुख मिल्नुका साथै प्रेम सम्बन्धमा मधुरता छाउनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा सुधार आउनेछ र पुराना रोगबाट मुक्ति मिल्नेछ । शत्रुहरू परास्त हुनेछन् । रोकिएका कामहरू सुचारु हुनाले उत्साह बढ्नेछ । मामाघर पक्षबाट सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बौद्धिक क्षमताको कदर हुनेछ । सन्तान वा शिक्षाको क्षेत्रबाट शुभ समाचार सुन्न पाइनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । कला र साहित्यमा रुचि बढ्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा केही अस्थिरता महसुस हुनसक्छ । पारिवारिक कलह वा घरायसी समस्याले सताउन सक्ने भएकाले संयमित रहनुहोला । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको साहस र पराक्रमको प्रशंसा हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध प्रगाढ बन्नेछ । छोटो दूरीको लाभदायक यात्राको योग छ । हातमा परेको अवसर नगुमाउनुहोला ।
कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ हुने दिन छ । बोलीको प्रभावले रोकिएका कामहरू सहजै बन्नेछन् । कुटुम्ब वा आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । धन सञ्चितिको योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ वस्त्र वा उपहार प्राप्तिको योग छ । शारीरिक स्फूर्ति र आत्मविश्वास बढ्नेछ । महत्वपूर्ण निर्णय लिनका लागि आजको दिन उपयुक्त छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनावश्यक खर्च बढ्न सक्छ । काममा केही अवरोध वा ढिलासुस्ती हुनसक्छ । वैदेशिक क्षेत्रको काममा भने प्रगति हुनेछ । विवाद र झैझगडाबाट टाढै रहनु उचित हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् । रोकिएको धन फिर्ता आउन सक्छ । साथीभाइको सहयोगले ठूला योजनाहरू सफल हुनेछन् । दिन उत्साहजनक रहनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा तपाईंको वर्चस्व बढ्नेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति वा नयाँ जिम्मेवारी पाउने सम्भावना छ । समाजसेवामा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले साथ दिनेछ । धार्मिक र आध्यात्मिक यात्राको सम्भावना छ । उच्च शिक्षाका लागि प्रयास गरिरहनुभएकाहरूलाई सफलता मिल्नेछ । रोकिएका महŒवपूर्ण कार्यहरू आज सुल्झिनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । सोचेको काममा केही अवरोध आउन सक्छ । गोप्य कुराहरू बाहिर आउने डर भएकाले सचेत रहनुहोस् । धैर्य र संयमताले मात्र संकट टार्न सकिनेछ ।