नेभिगेशन
राशिफल

यस्तो छ आज २०८२ चैत १९ गते बिहीबारको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको साहस र पराक्रम बढ्नेछ । रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । नयाँ कार्यको थालनीका लागि दिन शुभ छ । वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा सामाजिक क्षेत्रमा सम्मान पाइनेछ । आर्थिक लाभको योग छ । तर, खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज तपाईंको मन प्रसन्न रहनेछ । पारिवारिक भेटघाट र मिष्ठान्न भोजनको अवसर मिल्नेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । आत्मबल बढ्ने हुनाले जटिल काम पनि सहजै फत्ते हुनेछन् ।

 कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

खर्च बढ्ने दिन छ । अनावश्यक यात्रा र विवादबाट टाढै रहनु राम्रो होला । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । दिनको उत्तरार्धमा भने केही राहत महसुस हुनेछ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)

आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ र दाजुभाइको सहयोगले ठुलो उपलब्धि हासिल हुन सक्छ । अधुरा रहेका कामहरू बन्नेछन् । प्रेम सम्बन्धमा निकटता आउनेछ ।

 कन्या (पा, पी, पु, ष, ण, ठ, पे, पो)

कर्मक्षेत्रमा सफलता मिल्नेछ । सरकारी वा प्रशासनिक काममा रहेका बाधाहरू हट्नेछन् । नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान–सम्मान पाइनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

भाग्यले साथ दिनेछ । धर्म–कर्म र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । टाढाको यात्राको सम्भावना छ । रोकिएका महत्त्वपूर्ण कामहरू प्रभावशाली व्यक्तिको सहयोगमा सम्पन्न हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज स्वास्थ्यमा केही मन्दी आउन सक्छ, विशेष सतर्क रहनुहोला । गोप्य कुराहरू बाहिर आउन सक्ने भएकाले सावधान रहनुहोला । हतारमा निर्णय नगर्नु नै बुद्धिमानी हुनेछ ।

 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ प्रेम सम्बन्ध वा मित्रता गाँसिने समय छ । व्यापारिक यात्रा लाभदायक रहनेछ । विलासिताका सामान खरिद गर्ने योजना बन्न सक्छ ।

 मकर (भो, जा, जी, जु, जे, जो, ख, खि, खु, खे, खो)

शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धामा जीत हासिल हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुराना ऋणहरू चुक्ता गर्ने अवसर मिल्न सक्छ । मामाघर पक्षबाट सहयोग प्राप्त हुनेछ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विद्या र बुद्धिको विकास हुनेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक चर्चामा सहभागी भइनेछ । शेयर बजार वा सट्टापट्टाबाट सामान्य लाभ हुन सक्छ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)

पारिवारिक समस्याले केही चिन्तित बनाउन सक्छ । जग्गा–जमिन वा सवारी साधनको कारोबार गर्दा विचार पु¥याउनुहोला । आमाको स्वास्थ्यमा ध्यान दिनुहोला । दिनको अन्त्यमा भने मन शान्त रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्