मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन नयाँ कामको थालनी गर्नका लागि उत्तम छ । रोकिएका पुराना कामहरूले गति लिनेछन् । व्यापारमा सोचेभन्दा बढी लाभ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नुका साथै साथीभाइबाट पूर्ण सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा केही शिथिलता आउन सक्छ, खानपान र आराममा विशेष ध्यान दिनुहोला । अनावश्यक यात्राले थकान र खर्च बढाउन सक्छ । आफन्तसँगको व्यवहारमा संयम अपनाउनु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक लाभको बलियो योग छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अध्ययन अध्यापनमा रुचि बढ्नेछ र प्रतिस्पर्धामा सफलता मिल्नेछ । घरमा शुभ कार्यको चर्चा चल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । नयाँ पद वा जिम्मेवारी प्राप्तिको सम्भावना छ । सरकारी काममा रहेका अड्चनहरू हट्नेछन् । परिवारमा सुख र शान्तिको वातावरण रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ दिने हुनाले बिग्रन लागेका कामहरू पनि बन्नेछन् । परोपकारी र धार्मिक कार्यमा संलग्न भइनेछ । टाढाको यात्रा वा वैदेशिक कार्यका लागि आजको दिन फलदायी रहनेछ ।
कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज केही प्रतिकूल समय रहेकाले महत्वपूर्ण निर्णयहरू गर्दा विचार पु¥याउनुहोला । स्वास्थ्यमा समस्या देखिन सक्छ । गोप्य कुराहरू बाहिर आउन सक्ने भएकाले गोपनीयतामा ध्यान दिनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवन सुखमय रहनेछ र जीवनसाथीको सल्लाहले ठुलो सफलता मिल्न सक्छ । व्यापारिक साझेदारीबाट राम्रो मुनाफा हुनेछ । प्रेम सम्बन्ध अझ गाढा हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो कार्य क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ । शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ र रोकिएका ऋणहरू असुली हुन सक्छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बौद्धिक र रचनात्मक काममा मन जानेछ । सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ । शिक्षा क्षेत्रमा लागेकाहरूका लागि आजको दिन निकै राम्रो छ । नयाँ मित्रता गाँसिने सम्भावना छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक झैझमेलाले मनमा केही चिन्ता बढाउन सक्छ । जग्गा जमिन वा सवारी साधनको कारोबार गर्दा सावधानी अपनाउनुहोला । हतारमा गरिने निर्णयले पछि पछुतो हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पराक्रम र हिम्मत बढ्नेछ । छोटो यात्राको योग छ जसले नयाँ अवसर ल्याउन सक्छ । दाजुभाइ र छिमेकीसँगको सम्बन्ध बलियो हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक क्षेत्रमा ठुलो सफलता मिल्ने योग छ । मिठो भोजन र विलासिताका वस्तुमा रुचि बढ्नेछ । बोलीको प्रभावले रोकिएका कामहरू सुल्झिनेछन् । परिवारमा हर्षोल्लासको वातावरण रहनेछ ।