नेभिगेशन
राशिफल

यस्तो छ आज २०८२ चैत २३ गते सोमबारको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आजको दिन शुभ फलदायी रहनेछ । रोकिएका कामहरू पुनः सुरु हुनेछन् । नयाँ लुगाफाटा र गहना किन्ने योग छ । कार्यक्षेत्रमा आफ्नो दक्षता प्रदर्शन गर्ने अवसर मिल्नेछ ।

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
तपाईंका लागि आजको दिन अलि खर्चिलो हुन सक्छ । अनावश्यक ठाउँमा धन लगानी नगर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले आहारविहारमा सावधानी अपनाउनुहोला ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आर्थिक लाभको राम्रो अवसर मिल्नेछ । साथीभाइको सहयोगले अधुरा कामहरू पूरा हुनेछन् । व्यापारमा सोचेभन्दा राम्रो प्रगति हुनेछ र मनमा प्रसन्नता छाउनेछ ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पदप्रतिष्ठामा वृद्धि हुने समय छ । जागिरमा पदोन्नति वा नयाँ जिम्मेवारी मिल्न सक्छ । समाजसेवामा मन जानेछ र मान–सम्मान प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
भाग्यको राम्रो साथ रहनेछ । धार्मिक स्थलको भ्रमण हुने सम्भावना छ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू आज सुल्झिनेछन् ।

 कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आजको दिन केही संघर्षपूर्ण रहन सक्छ । अनावश्यक विवादमा फस्ने डर छ, त्यसैले बोलीमा नियन्त्रण राख्नुहोला । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला ।

 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । जीवनसाथीसँगको यात्रा रमाइलो हुनेछ । साझेदारीको व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ । प्रेम जीवनमा नयाँ मोड आउन सक्छ ।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । आँटेका कामहरू साहसपूर्वक पूरा गर्नुहुनेछ । स्वास्थ्य सबल रहनेछ र पुरानो रोगबाट मुक्ति मिल्ने योग छ । शत्रुहरू परास्त हुनेछन् ।

 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
सिर्जनात्मक काममा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुनेछ । सन्तानको माध्यमबाट सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक क्षमताको प्रशंसा हुनेछ ।

 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 
घरायसी समस्याले केही चिन्ता बढाउन सक्छ । आमाको स्वास्थ्यमा ध्यान दिनुहोला । घरजग्गाको कारोबारमा हतार नगर्नुहोला । मनमा केही अस्थिरता महसुस हुन सक्छ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
पराक्रम र आत्मविश्वास बढ्नेछ । नयाँ कामको थालनी गर्नका लागि आजको दिन निकै राम्रो छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
मुखमा सरस्वतीको बास हुने दिन छ, त्यसैले बोलीको प्रभावले मानिसहरूलाई आकर्षित गर्न सकिनेछ । धन सञ्चयमा वृद्धि हुनेछ । मिठो परिकार खान पाइनेछ र परिवारमा खुसीयाली रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्