नेभिगेशन
राशिफल

यस्तो छ आज २०८२ चैत २४ गते मंगलबारको राशिफल

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आजको दिन तपाईंको पराक्रम बढ्नेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । नयाँ कार्यको थालनी गर्नका लागि समय अनुकूल छ । वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्छ ।

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । अनावश्यक खर्च बढ्ने योग छ । बोल्दा विचार पु¥याउनुहोला, नत्र आफन्तसँग मनमुटाव हुन सक्छ । स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
रमाइलो यात्राको योग छ । पारिवारिक सुख मिल्नुका साथै इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आज केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ । खर्च बढ्नाले आर्थिक तनाव महसुस होला । महत्वपूर्ण निर्णयहरू लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु उपयुक्त हुनेछ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
तपाईंका लागि आजको दिन निकै फलदायी रहनेछ । उपहार वा धन लाभ हुने सम्भावना छ । रोकिएका सरकारी कामहरू बन्नेछन् । प्रेम जीवनमा मधुरता छाउनेछ ।

 कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो) 
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । पदोन्नति वा प्रशंसाको योग छ । पैतृक सम्पत्तिको उपयोगबाट लाभ मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।

 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
भाग्यले साथ दिनेछ । धार्मिक र आध्यात्मिक कार्यमा सहभागी भइनेछ । टाढाको यात्रा लाभदायक रहनेछ । रोकिएका कामहरू सजिलै सम्पन्न हुनेछन् ।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आज स्वास्थ्यमा केही समस्या देखिन सक्छ । मानसिक चिन्ता बढ्ने र काममा बाधा पुग्ने डर छ । जोखिमपूर्ण कार्यबाट टाढै रहनुहोला । धैर्यताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।

 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
दाम्पत्य जीवन सुखमय रहनेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । विपरीत लिङ्गी साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ ।

 मकर (भो, जा, जि, जु, जे, जो, पज, खि, खु, खे, खो, गा, गि) 
शत्रुहरू परास्त हुनेछन् । मुद्दा–मामिला वा प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका पुराना ऋणहरू उठाउन सफल हुनुहुनेछ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
बौद्धिक र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । सन्तानको प्रगतिले मन खुसी हुनेछ । शिक्षा क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष उपलब्धिमूलक रहनेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
पारिवारिक विवादले मनमा अशान्ति पैदा गर्न सक्छ । घरजग्गाको कारोबार गर्दा सचेत रहनुहोला । आमाको स्वास्थ्यमा ध्यान दिनुहोला । हतारमा निर्णय नगर्नु नै बुद्धिमानी हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्