नेभिगेशन
राशिफल

यस्तो छ २०८२ चैत ३० गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आजको दिन नयाँ उत्साहका साथ सुरु हुनेछ । रोकिएका अधुरा कामहरू पूरा गर्न साथीभाइको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा लगानी बढाउने अवसर जुर्न सक्छ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ र दिन रमाइलो गरी बित्नेछ ।

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत रहनुहोला । अनावश्यक खर्च बढ्ने डर छ, त्यसैले आर्थिक लेनदेन गर्दा सोचविचार पु¥याउनुहोला । अनावश्यक यात्राबाट जोगिनु नै बुद्धिमानी हुनेछ ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
तपाईंका लागि आजको दिन निकै लाभदायक रहनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । घरमा कुनै मांगलिक कार्यको चर्चा चल्न सक्छ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा रुचि बढ्ने र सफलता मिल्ने समय छ ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ । नयाँ जिम्मेवारी वा पदोन्नतिको सम्भावना देखिन्छ । सरकारी काममा रहेका अड्चनहरू स्वतः हटेर जानेछन् । परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ र मानसिक शान्ति मिल्नेछ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
भाग्यले साथ दिने हुनाले चिताएका कामहरू समयमै सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा फलदायी रहने योग छ । अरूको भलाइका लागि गरिएका प्रयासको प्रशंसा हुनेछ ।

 कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ । स्वास्थ्यमा समस्या आउने वा चोटपटक लाग्न सक्ने भएकाले सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । विवादबाट टाढै रहनुहोला र महत्वपूर्ण निर्णयहरू आजका लागि थाती राख्नु राम्रो हुनेछ ।

 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साझेदारीमा गरिएका कामबाट सोचेभन्दा राम्रो लाभ मिल्नेछ । विलासी वस्तुको खरिद गर्ने योग छ । विपरीत लिङ्गी साथीबाट विशेष सहयोग र सद्भाव प्राप्त हुनेछ ।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
तपाईंको साहस र पराक्रम बढ्नेछ । पुराना शत्रुहरू मित्र बन्नेछन् र मुद्दा–मामिलामा तपाईंको पक्ष बलियो रहनेछ । कार्यक्षेत्रमा हुने प्रतिस्पर्धामा तपाईं अगाडि रहनुहुनेछ । शारीरिक स्फूर्ति र मानसिक प्रसन्नता कायम रहनेछ ।

 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
सिर्जनात्मक र रचनात्मक काममा मन जानेछ । सन्तानको प्रगतिले परिवारमा खुसीयाली ल्याउनेछ । बौद्धिक क्षमताको कदर हुनेछ । नयाँ ज्ञान वा सीप सिक्ने अवसर मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ ।

 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 
पारिवारिक समस्याले केही तनाव उत्पन्न गर्न सक्छ । घरजग्गा वा सवारी साधनको विषयलाई लिएर आफन्तसँग विवाद हुन सक्ने भएकाले बोलीमा संयम अपनाउनुहोला । आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
आत्मविश्वास र हिम्मतका साथ अघि बढ्ने दिन छ । छोटो दूरीको यात्रा लाभदायक रहनेछ । दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा सुधार आउनेछ । नयाँ व्यावसायिक योजना बुन्नका लागि आजको दिन उपयुक्त छ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
आर्थिक लाभ हुने र धन सञ्चय गर्ने अवसर प्राप्त हुनेछ । बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् । मिठो भोजन र पारिवारिक जमघटको आनन्द लिन पाइनेछ । व्यापारमा क्रमिक सुधार आउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्