मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ । नयाँ कार्यको योजना बन्न सक्छ र रोकिएका अधुरा कामहरूमा प्रगति हुने देखिन्छ । आर्थिक पक्ष सबल रहनेछ भने साथीभाइको सहयोगले मन प्रसन्न हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक लेनदेनमा सजग रहनुहोला । सोचेका कामहरू पूरा गर्न केही समय धेरै मिहिनेत गर्नुपर्नेछ । पारिवारिक विवादबाट टाढै रहनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् । अध्ययन–अध्यापनमा रुचि जाग्नेछ र बौद्धिक क्षेत्रमा सफलता मिल्ने योग छ । व्यापारमा सामान्य लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा तपाईंको मान–सम्मान बढ्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जसले भविष्यमा फाइदा पु¥याउनेछ । स्वास्थ्यमा भने केही मौसमी सुधारको खाँचो पर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ दिने दिन छ । धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ । टाढाको यात्राको योग छ र रोकिएका प्रशासनिक कामहरू सुचारु हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यमा केही समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । सोचेभन्दा बढी खर्च हुनाले मनमा केही चिन्ता बढ्न सक्छ । कार्यमा ढिलासुस्ती हुने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सुख र प्रेम जीवनमा मधुरता छाउनेछ । साझेदारीमा गरिएका कामहरूबाट राम्रो लाभ मिल्नेछ । विलासी वस्तुहरू खरिद गर्ने अवसर प्राप्त हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ । आँटेका कामहरू साहसपूर्वक गर्नाले सफलता हात लाग्नेछ । मामाघर पक्षबाट सहयोग प्राप्त हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सिर्जनात्मक काममा सफलता मिल्नेछ । सन्तान वा विद्यार्थी वर्गबाट सुखद समाचार सुन्न पाइएला । प्रेम सम्बन्धमा निकटता बढ्नेछ र कला क्षेत्रमा रुचि जाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक झैझगडा वा घरको समस्याले मन केही विचलित हुन सक्छ । जग्गा–जमिनको कारोबारमा सावधानी अपनाउनुहोला । आमाको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंको आत्मविश्वास बढ्नेछ । छोटो दूरीको फलदायी यात्रा हुन सक्छ । दाजुभाइ र सहयोगीहरूको साथले ठूलो काम सम्पन्न गर्न मद्दत मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक लाभ हुने राम्रो अवसर छ । बोलीको प्रभावले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ । मीठो भोजनको अवसर मिल्नेछ भने कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।