नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ वैशाख ७ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आजको दिन तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ । नयाँ कार्यको योजना बुन्नका लागि समय अनुकूल छ । पारिवारिक सुख मिल्नुका साथै रोकिएका कामहरू बिस्तारै सुल्झिँदै जानेछन् ।  

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
तपाईंको रचनात्मक क्षमताको कदर हुने दिन छ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्ने भएकाले सामाजिक कार्यमा नेतृत्वदायी भूमिका मिल्न सक्छ । स्वास्थ्यमा भने सामान्य सुधार महसुस हुनेछ ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि पढाइमा ध्यान केन्द्रित गर्न केही चुनौती आउन सक्छ । टाढाको यात्राको योजना बन्न सक्छ । अनावश्यक बहसबाट टाढै रहनु उत्तम हुनेछ ।

 कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 
मनमा नयाँ उत्साह जाग्नेछ। रोकिएका धन प्राप्त हुने योग छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । प्रेमी वा जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ । कृषि र पशुपालनको क्षेत्रमा संलग्नहरूलाई विशेष फाइदा मिल्ने देखिन्छ ।

 सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) 
कार्यक्षेत्रमा केही जिम्मेवारी थपिन सक्छ। मिहिनेतअनुसारको फल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काममा सफलता मिल्ने देखिन्छ । रिसलाई नियन्त्रणमा राख्नुहोला, अन्यथा बनेको काम बिग्रन सक्छ ।

 कन्या (पा, पी, पु, ष, ण, ठ, पे, पो) 
आजको दिन धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ । रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगमा पूर्ण हुनेछन्। यात्राको अवसर जुर्न सक्छ ।

 तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला । महत्वपूर्ण निर्णय लिँदा हतार नगर्नु नै राम्रो हुनेछ । विवादबाट टाढै रहनुहोला । दिनको उत्तरार्धमा भने केही राहत महसुस हुनेछ ।

 वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यि, यु) 
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि आजको दिन शुभ छ । भौतिक सुखसुविधाका साधन खरिद गर्ने योग देखिन्छ । साझेदारीका काममा लाभ मिल्नेछ ।

 धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) 
प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल हुनुहुनेछ । आँटेका कामहरू समयमै सम्पन्न हुनेछन् । मामाघर पक्षबाट सहयोग प्राप्त हुन सक्छ । कामको चाप बढे पनि शारीरिक स्फूर्ति कायम रहनेछ ।

 मकर (भो, जा, जी, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी) 
बौद्धिक र लेखन कार्यमा रुचि बढ्नेछ। अध्ययन अध्यापनको क्षेत्रमा राम्रो प्रगति हुनेछ। आकस्मिक लाभ मिल्ने सम्भावना छ । इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ ।

 कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) 
आज मनमा केही चञ्चलता रहन सक्छ। घरजग्गा वा सवारी साधनको विषयमा विवाद हुन सक्ने भएकाले सतर्क रहनुहोला । परिवारका सदस्यसँग समय बिताउनु राम्रो हुनेछ । धैर्यताले काम गर्दा सफलता मिल्नेछ ।

 मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुधार हुनेछ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । तपाईंको पराक्रम र साहसको चर्चा हुनेछ । सामाजिक काममा संलग्न हुने अवसर मिल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्