मेष
आजको दिन तपाईंका लागि उत्साहजनक रहनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । व्यापार र व्यवसायमा राम्रो लाभ मिल्ने योग छ । साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुन सक्छ ।
वृष
आर्थिक पक्ष सबल रहनेछ । परिवारमा खुसीको वातावरण छाउनेछ । बोलीको प्रभाव बढ्ने भएकाले सामाजिक कार्यमा सफलता मिल्नेछ । खानपानमा भने अलिकति सतर्कता अपनाउनु होला ।
मिथुन
आज मनमा केही द्विविधा उत्पन्न हुन सक्छ । सोचेजस्तो सफलता पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ । अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाउनु बुद्धिमानी हुनेछ ।
कर्कट
तपाईंका लागि आजको दिन उपलब्धीमूलक छ । लामो समयदेखिको प्रयास सफल हुनेछ । वैदेशिक क्षेत्रका कामहरू अघि बढ्नेछन् । प्रेम सम्बन्धमा निकटता आउनेछ ।
सिंह
कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । घरजग्गा वा सवारी साधनको खरिदबिक्रीका लागि आजको समय अनुकूल देखिन्छ ।
कन्या
धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । टाढाको यात्राको सम्भावना छ । रोकिएको धन प्राप्त हुनाले आर्थिक तनाव कम हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा रुचि बढ्नेछ ।
तुला
स्वास्थ्यमा केही सामान्य समस्या देखिन सक्छ, त्यसैले आहारविहारमा ध्यान दिनुहोला । गोप्य कुराहरू बाहिर आउने डर भएकाले सचेत रहनुहोला । काममा केही ढिलासुस्ती हुन सक्छ ।
वृश्चिक
दाम्पत्य जीवन सुखमय रहनेछ । जीवनसाथीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ । साझेदारी व्यवसायबाट राम्रो प्रतिफल मिल्नेछ । नयाँ मानिससँगको भेटघाट फलदायी रहनेछ ।
धनु
प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय प्राप्त हुनेछ । अदालती वा कानुनी मामिलामा तपाईंको पक्ष सबल रहनेछ । शारीरिक स्फूर्ति बढ्नेछ र मन प्रसन्न रहनेछ ।
मकर
बौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तानका तर्फबाट सुखद समाचार सुन्न पाइनेछ । सिर्जनात्मक काममा रुचि बढ्नेछ र मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन् ।
कुम्भ
घरायसी विवादले मन केही अशान्त हुन सक्छ । आमाको स्वास्थ्यमा ध्यान दिनुहोला । हतारमा निर्णय नगर्नु नै उत्तम हुनेछ । जग्गाजमिन सम्बन्धी काममा सावधानी अपनाउनु होला ।
मीन
तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ । छोटो दुरीको सफल यात्राको योग छ । दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुधार हुनेछ । पराक्रम र साहसका साथ अघि बढ्ने समय छ ।