मेष
आजको दिन नयाँ कामको थालनी गर्नका लागि निकै ऊर्जावान् रहनेछ । रोकिएका पुराना योजनाहरूले गति लिनेछन् । आर्थिक दृष्टिकोणले लाभको सम्भावना छ । सामाजिक कार्यमा तपाईंको सक्रियता बढ्नेछ र प्रशंसकहरू थपिनेछन् । मित्रजनको सहयोगले जटिल कार्य सहजै सम्पन्न हुनेछ ।
वृष
आर्थिक कारोबारमा आज विशेष लाभ पाइनेछ । बोलीको प्रभाव बढ्ने भएकाले अरूलाई आफ्नो विचारमा सहमत गराउन सजिलो हुनेछ । पारिवारिक सुख र शान्ति छाउनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ भने टाढाका आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ ।
मिथुन
तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ । नयाँ वस्त्र वा उपहार प्राप्तिको योग छ । कार्यक्षेत्रमा देखिएका व्यवधानहरू हट्नेछन् । व्यापार र व्यवसायमा राम्रो मुनाफा आर्जन हुने समय छ । व्यक्तित्व विकासका लागि गरिएका प्रयासहरू सफल हुनेछन् र मन प्रसन्न रहनेछ ।
कर्कट
आज खर्चको मात्रा अलि बढ्न सक्छ, त्यसैले विलासिताका वस्तुमा लगानी गर्दा सचेत रहनुहोला । वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा भने प्रगति हुनेछ । लामो दूरीको यात्राको सम्भावना देखिन्छ । केही समय आध्यात्मिक चिन्तन वा ध्यानमा बिताउँदा मानसिक शान्ति मिल्नेछ ।
सिंह
आजको दिन आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । रोकिएको धन फिर्ता मिल्ने सम्भावना छ । दाजुभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने विद्यार्थी वर्गका लागि नतिजा उत्साहजनक रहनेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ ।
कन्या
सरकारी वा प्रशासनिक कार्यमा सफलता मिल्ने समय छ । नयाँ जिम्मेवारी सम्हाल्ने मौका मिल्न सक्छ जसले भविष्यमा पदोन्नतिको बाटो तय गर्नेछ । अभिभावकको मार्गदर्शनले महŒवपूर्ण निर्णय लिन सहज बनाउनेछ । समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ ।
तुला
भाग्यले साथ दिने हुनाले थोरै मिहिनेतले पनि ठूलो उपलब्धि हात लाग्नेछ । धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ र टाढाको यात्रा फलदायी हुनेछ । परोपकारी कार्यमा मन जानेछ र समाजमा तपाईंको पहिचान स्थापित हुनेछ ।
वृश्चिक
आज केही प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले आहारविहारमा ध्यान दिनुहोला । काममा अनावश्यक ढिलासुस्ती हुनाले मन केही खिन्न हुन सक्छ । यद्यपि, धैर्यतापूर्वक काम गर्दा साँझसम्ममा केही सकारात्मक परिणामहरू प्राप्त हुनेछन् ।
धनु
दाम्पत्य जीवनमा मधुरता छाउनेछ । जीवनसाथीको पूर्ण सहयोगले महŒवपूर्ण कार्यहरू फत्ते हुनेछन् । नयाँ व्यावसायिक साझेदारीका लागि सम्झौता हुन सक्छ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ । लामो समयदेखि भेट नभएका प्रिय व्यक्तिसँगको मिलनले दिनलाई थप विशेष बनाउनेछ ।
मकर
शत्रुहरू परास्त हुनेछन् र तपाईंविरुद्ध सक्रिय रहेकाहरू आफैं पछि हट्नेछन् । शारीरिक स्फूर्ति र ऊर्जा बढ्नेछ । पुराना ऋणहरू चुक्ता गर्नका लागि अनुकूल समय छ । अदालती वा कानूनी मामिलामा तपाईंको पक्ष सबल रहनेछ । मिहिनेतको उचित कदर हुनाले कार्यसम्पादनमा सुधार आउनेछ ।
कुम्भ
बौद्धिक र रचनात्मक क्षमताको विकास हुनेछ । सन्तानको प्रगतिले गौरव महसुस गराउनेछ । कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा रुचि भएकाहरूका लागि आजको दिन विशेष उपलब्धीमूलक रहनेछ । प्रेम जीवनमा नयाँ ऊर्जा सञ्चार हुनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ ।
मीन
घरायसी कामकाजमा बढी व्यस्त रहनुपर्ने हुन सक्छ । आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । घरजग्गा वा सवारी साधनको कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ । साथीभाइसँगको असमझदारीले मनलाई केही अशान्त बनाउन सक्छ, त्यसैले संवाद गर्दा संयमता अपनाउनुहोला ।