नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ वैशाख २४ गते बिहीबारको राशिफल

मेष – काममा प्रगति र आम्दानी बढ्ने संकेत छ । नयाँ अवसर हात लाग्न सक्छ । पारिवारिक कुरामा संयम अपनाउनु राम्रो हुन्छ ।

वृष – खर्च बढ्ने र तनाव महसुस हुन सक्छ । गोप्य कुरा बाहिरिन सक्ने संकेत छ । साँझतिर फाइदाको अवसर देखिन्छ ।

मिथुन – नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ । अध्ययन र बौद्धिक काममा सफलता मिल्नेछ । साथीभाइबाट सहयोग मिल्नेछ ।

कर्कट – पारिवारिक जिम्मेवारी बढ्ने छ । मन अलि अस्थिर हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् ।

सिंह – काममा सफलता र नेतृत्व गर्ने अवसर मिल्नेछ । आत्मविश्वास बढ्नेछ । अहंकारले विवाद निम्त्याउन सक्छ ।

 कन्या – साझेदारीबाट लाभ मिल्ने संकेत छ । दाम्पत्य जीवन सुखद रहनेछ । व्यापारमा नयाँ सम्झौता हुन सक्छ ।

तुला – प्रतिस्पर्धामा सफलता मिल्नेछ । खर्च बढ्ने सम्भावना रहेको छ । स्वास्थ्यमा सानो समस्या देखिन सक्छ ।

वृश्चिक – आय स्थिर रहने र लाभको संकेत रहेको छ । पुरानो मेहनतको फल पाइनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

धनु – काममा ढिलाइ र अवरोध होला । घरायसी तनाव बढ्न सक्छ । धैर्य राखेमा स्थिति सुधार हुन्छ ।

मकर – नयाँ योजना अघि बढ्नेछ । व्यापारमा फाइदा हुने संकेत छ । वरिष्ठ व्यक्तिबाट सहयोग पाइनेछ ।

कुम्भ – आर्थिक अवसर आए पनि चुनौती साथमा रहने
छ । आलोचना र दबाब बढ्न सक्छ । धैर्य र संयम आवश्यक छ ।

मीन – मानसिक शान्तिको खोजी रहनेछ । आध्यात्मिकतामा रुचि बढ्नेछ । सानो यात्राको योग बन्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्