नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ वैशाख २८ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको लागि मिश्रित फलदायी रहनेछ । रोकिएका कामहरू बिस्तारै अगाडि बढ्नेछन् । स्वास्थ्यमा केही सुधार आउनेछ भने पारिवारिक माहोल सुखद रहने देखिन्छ । आर्थिक कारोबार गर्दा अलि सतर्क रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा नयाँ उत्साह जाग्नेछ । साथीभाइको सहयोगले अधुरा कामहरू पूरा हुनेछन् । व्यापार र व्यवसायमा राम्रो लाभ मिल्ने योग छ । प्रेम जीवनमा भने केही असमझदारी उत्पन्न हुन सक्ने भएकाले बोलीमा संयमता अपनाउनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंको बौद्धिक क्षमताको प्रशंसा हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जसले भविष्यमा फाइदा पु¥याउनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा सफलता मिल्नेछ । खानपानमा विशेष ध्यान दिनु आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन अलि संघर्षपूर्ण रहन सक्छ । सोचेअनुसार काम नबन्दा मनमा खिन्नता छाउनेछ । यात्रा गर्दा सावधानी अपनाउनुहोला । यद्यपि, साँझपख कुनै शुभ समाचार सुन्न पाइनेछ जसले मन प्रसन्न बनाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा रुचि बढ्नेछ । तपाईंको नेतृत्वदायी भूमिकाको सबैले कदर गर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । परिवारका सदस्यहरूसँग रमाइलो समय बित्नेछ र लामो समयदेखि भेट नभएका मित्रहरूसँग सम्पर्क हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइलेखाइ र करियरमा प्रगति हुने समय छ । नयाँ योजनाहरू बनाउनका लागि आजको दिन उत्तम छ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल हुनुहुनेछ । सरकारी काममा ढिलासुस्ती भए पनि अन्ततः नतिजा तपाईंको पक्षमा आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म र अध्यात्मतर्फ रुचि बढ्नेछ । तीर्थाटन वा परोपकारी काममा सहभागी भइनेछ । रोकिएको धन फिर्ता हुन सक्छ । दाजुभाइ वा इष्टमित्रसँगको सम्बन्धमा थप प्रगाढता आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वास्थ्यमा केही समस्या देखिन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव हुन सक्छ । काममा ढिलासुस्ती हुने सम्भावना छ । धैर्य धारण गरेर अघि बढ्नु नै श्रेयस्कर हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साझेदारी व्यवसायमा राम्रो फाइदा हुनेछ । वैवाहिक जीवन सुखमय रहनेछ । नयाँ कपडा वा विलासिताका सामान खरिद गर्ने योग छ । कार्यक्षेत्रमा सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनाले कामहरू समयमै सम्पन्न हुनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू पराजित हुनेछन् र मुद्दामामिलामा तपाईंको जित हुनेछ । पुराना ऋणहरू चुक्ता गर्न सजिलो हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । मेहनतको उचित मूल्यांकन हुने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक र रचनात्मक काममा मन जानेछ । सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनेछ । कला र संगीत क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन निकै राम्रो छ । प्रेमी जोडीका लागि पनि आजको समय अनुकूल देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त र परिवारसँग केही मतभेद हुन सक्छ । घरजग्गाको कारोबारमा विशेष सावधानी अपनाउनुहोला । मानसिक तनाव कम गर्न योग वा ध्यानको सहारा लिनु राम्रो हुनेछ । हतारमा कुनै पनि ठूलो निर्णय नलिनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्