सेप्टेम्बर ९, २०२५ मा इजरायलले कतारमाथि हमला ग¥यो । त्यहाँ कुनै युद्धभूमि वा इजरायलविरुद्ध सेना तैनाथ थिएन । एउटा सार्वभौम राष्ट्रमाथि लक्ष्य साँधिएको थियो । इजरायल स्वयं संलग्न वार्ता चलिरहेका बेला जब मिसाइल दोहामा खस्यो, त्यसले अत्यन्त खतरनाक उदाहरण स्थापित ग¥यो ।
उही शैलीको हमला फेब्रुअरी २८ मा अमेरिका–इजरायलद्वारा इरानविरुद्ध सुरु गरिएको युद्धको क्रममा दोहोरियो । यसपटक तेहरानस्थित सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको परिसरलाई निशाना बनाइयो ।
दुवै घटनामा इजरायली विमान लक्ष्य राष्ट्रको हवाई क्षेत्रभित्र प्रवेश नगरी बाहिरैबाट मिसाइल प्रहार गरेर फर्किएका थिए । त्यसपछि मिसाइलले स्वतन्त्र रूपमा आक्रमण सम्पन्न ग¥यो । यही एक रणनीतिक परिवर्तनले हवाई युद्धको परम्परागत सीमालाई हटाइदिएको छ । भनाइको अर्थ– आक्रमण गर्न शत्रुको हवाई क्षेत्रमा प्रवेश गर्नुपर्ने बाध्यता अब हटिसकेको छ ।
दोहामाथिको हमला रणनीतिक रूपमा गल्ती थियो, किनकि यसले इजरायलको नयाँ क्षमता अनावश्यक रूपमा सार्वजनिक गरिदियो । लक्ष्य कुनै सैन्य संरचना नभई ट्रम्प प्रशासनको युद्धविराम प्रस्तावबारे समीक्षा गर्न बसेको हमास नेतृत्वको बैठक थियो । पछि इजरायलले उक्त हमलाप्रति क्षमायाचना त ग¥यो तर उसको नयाँ क्षमताको प्रदर्शन भइसकेको थियो ।
इजरायलले परम्परागत बमवर्षण शैली प्रयोग गरेन । यसको सट्टा, उसले विकसित सी एन्ड आईएसआर (कमान्ड, कन्ट्रोल, कम्युनिकेशन्स, कम्प्युटर्स, कम्ब्याट सिस्टम्स, साइबर, कग्निसन, इन्टेलिजेन्स, सर्भिलेन्स र रिकनाइसेन्स) संरचनामा आधारित एकीकृत सैन्य प्रणाली प्रयोग ग¥यो । यो प्रणालीले साइबर र संज्ञानात्मक युद्धलाई गुप्तचर तथा कमाण्ड सञ्जालसँग जोडेर निर्णय प्रक्रियालाई तीव्र बनाउँछ र युद्धक्षेत्रमा नियन्त्रण कायम राख्छ ।
यसले सटीक समय व्यवस्थापन, निरन्तर निगरानी र उच्चस्तरीय आक्रमण क्षमता सम्भव बनायो । निर्णायक तŒव विमान थिएन, सम्पूर्ण प्रणाली थियो ।
इजरायली एफ१५ वन विमानले लालसागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि उडान भरेर साउदी बन्दरगाह यान्बुको अक्षांश आसपासबाट मार्ग तय गरेको थियो, तर साउदी हवाई क्षेत्रमा प्रवेश गरेन । यो जानाजानी गरिएको थियो, किनकि साउदी अरबको अत्याधुनिक बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीसँग प्रत्यक्ष भिडन्तको जोखिम उच्च थियो ।
त्यही मार्गबाट एफ १५ वनले इजरायली स्पारो परिवारअन्तर्गत पर्ने सम्भावित सिल्भर स्पारो प्रकारको हावाबाट हान्न सकिने ब्यालेस्टिक मिसाइल प्रक्षेपण ग¥यो । यो विमानबाट छोडिने तर छुटेपछि मध्यम दूरीको ब्यालिस्टिक मिसाइलसरह व्यवहार गर्ने हतियार हो ।
मिसाइल छुटेपछि रकेट बुस्टर सक्रिय हुन्छ र यसलाई पृथ्वीको वायुमण्डलभन्दा माथिको सब–अर्बिटल मार्गतर्फ तीव्र गतिमा धकेल्छ । त्यसपछि यसले परम्परागत हवाई प्रतिरक्षा प्रणालीभन्दा बाहिर ब्यालिस्टिक मार्ग समात्छ । त्यसपछि अन्तिममा मिसाइल पुनः वायुमण्डलमा प्रवेश गर्दै हाइपरसोनिक गतिमा लगभग ठाडो रूपमा लक्ष्यमा खस्छ ।
वायुमण्डलीय घर्षणका कारण मिसाइल वरिपरि प्लाज्मा तह बन्ने भएकाले राडार प्रणाली अस्थिर हुन्छ र प्रतिरक्षा नियन्त्रण कठिन बन्छ । मिसाइलको गति हाइपरसोनिक स्तरमै कायम रहन्छ । यस अवस्थामा मिसाइलले सुरक्षित हवाई क्षेत्र पार गरिरहेको हुँदैन, बरु त्यसलाई भेदन गरिरहेको हुन्छ ।
यति तीव्र गतिमा मिसाइलले केही सेकेन्डमै धेरै किलोमिटर दूरी पार गर्छ । त्यसैले प्रतिरक्षा प्रणालीसँग लक्ष्य पहिचान, गति विश्लेषण, अवरोधक मिसाइल प्रक्षेपण र अन्तिम अवरोध सम्पन्न गर्न अत्यन्त कम समय हुन्छ ।
थाड, पेट्रियटजस्ता आधुनिक प्रतिरक्षा प्रणालीले पनि यो भौतिक सीमालाई पूर्ण रूपमा पार गर्न सक्दैनन् । तिनीहरूले केवल पहिचान क्षमता र अवरोध सम्भावना बढाउन सक्छन् तर समयमै पहिचान गर्न सक्दैनन् ।
तेहरानमाथिको हमला पनि यही रणनीतिमा आधारित थियो । सम्भवतः ब्लु स्पारो मिसाइल प्रयोग गरिएको थियो, जुन यही परिवारको अर्को संस्करण हो । यसपटक एफ १५ वनले सिरिया वा इराकको हवाई क्षेत्र हुँदै उत्तरी मार्ग प्रयोग गरेको अनुमान गरिएको छ । यसले दूरी घटायो र आक्रमण मार्गलाई सरल बनायो तर प्रणाली भने उही रह्यो ।
भौगोलिक स्थान फरक भए पनि युद्ध प्रणाली एउटै थियो । यी हमलाको अर्को गम्भीर पक्ष भनेको स्पारो मिसाइल प्रणालीलाई पुरानो एफ१५वन विमानमा गहिरो संरचनात्मक तथा सफ्टवेयर परिमार्जनमार्फत एकीकृत गरिएको हो । यसले स्रोत कोड, मिशन प्रणाली र विमानको आन्तरिक डाटा संरचनामाथि प्रत्यक्ष पहुँच भएको संकेत गर्छ ।
स्पारो मिसाइल मूलतः मिसाइल प्रतिरक्षा परीक्षणका लागि बनाइएको मिसाइल थियो । अहिले त्यसलाई वास्तविक आक्रमण हतियारमा रूपान्तरण गरिएको छ । यसले परीक्षण प्रणालीबाट प्रत्यक्ष युद्ध प्रणालीतर्फको स्पष्ट परिवर्तन देखाउँछ ।
स्रोत कोडले हतियार प्रणालीको सञ्चालन तर्क नियन्त्रण गर्छ । मिशन डाटा प्रणालीले सेन्सर इनपुट, लक्ष्य पहिचान, हतियार एकीकरण र आक्रमण प्रक्रिया सञ्चालन गर्छ । यी दुवैले सैन्य स्वायत्तताको आधार निर्धारण गर्छन् ।
यसले एउटा महŒवपूर्ण प्रश्न उठाउँछ । साउदी अरब अमेरिका बाहिरको सबैभन्दा ठूलो एफ१५ प्रयोगकर्ता हो । कतारसँग पनि अत्याधुनिक एफ१५ क्यूए विमान छन् । तर उनीहरूले यस्तो स्तरको स्वतन्त्र एकीकरण क्षमता पाएका छैनन् ।
किन इजरायललाई यस्तो पहुँच दिइयो, तर अरूलाई दिइएन ?
यो प्राविधिक प्रश्न मात्र होइन । यो हतियार आपूर्ति, स्रोत कोड नियन्त्रण, सैन्य स्वायत्तता र आधुनिक वायुसेनाको वास्तविक स्वतन्त्रतासँग जोडिएको विषय हो । तर यसको गहिरो प्रभाव खरिद प्रक्रियाभन्दा पर छ ।
कतार र इरानमाथि हमला गरेर इजरायलले यो प्रणाली व्यवहारिक रूपमा काम गर्छ भन्ने प्रमाणित गरिसकेको छ । एकपटक प्रदर्शन भइसकेपछि यसको नक्कल अन्य राष्ट्रहरूले पनि गर्न सक्छन् ।
यस्ता प्रणाली निर्माण गर्न आवश्यक अधिकांश तŒव— भारी हतियार बोेकेर उड्न सक्ने विमान, ब्यालिस्टिक मिसाइल प्रविधि, निर्देशन प्रणाली र एकीकरण क्षमता अन्य धेरै राष्ट्रसँग छन् । अमेरिका, रूस, चीन, फ्रान्स, पाकिस्तानलगायत केही देशसँग यस्ता संरचना विकास गर्ने औद्योगिक आधार पहिले नै छ ।
यसले युद्धलाई अन्तरिक्ष हतियारीकरणको व्यावहारिक सीमातर्फ धकेलिरहेको छ । पूर्ण कक्षीय होइन तर सब–अर्बिटल स्तरमा यो पुगिसकेको छ । प्रणाली परम्परागत हवाई प्रतिरक्षा क्षेत्रभन्दा माथि सञ्चालन हुन्छ र पुनः वायुमण्डलमा प्रवेश गर्छ । एकपटक यो सामान्य अभ्यास बन्यो भने पुराना सीमारेखा हराउँदै जानेछन् र ती सीमारेखा हराएपछि फर्कने बाटो रहने छैन ।
यसको परिणाम विश्वव्यापी असुरक्षाको संरचनात्मक परिवर्तन हुनेछ । यही भौतिक नियम सबै राष्ट्रमा लागू हुन्छ । कुनै पनि प्रतिरक्षा प्रणाली यसबाट पूर्ण सुरक्षित रहन सक्दैन ।
इजरायलले आफ्नो आक्रमण क्षमता विस्तार मात्र गरेन, अरू राष्ट्रहरूले पनि भविष्यमा यही क्षमता विकास गर्न सक्ने अवस्था देखाइदियो । अब यो कति समयमा अरूले बनाउँछन् भन्ने प्रश्न बनेको छ ।
विश्व नेताहरूका लागि यसको प्रभाव अत्यन्त गम्भीर छ । यस्तो प्रविधि फैलिँदै जाँदा युद्ध अझ अनिश्चित, खतरनाक र गलत अनुमानप्रति संवेदनशील बन्नेछ । निर्णय प्रक्रियाको समय घटेर दिन होइन, मिनेटमा सीमित हुन सक्छ ।
यी प्रणाली प्रतिरोध र युद्धका साधन मात्र होइनन, दबाब सिर्जना गर्ने, क्षेत्रीय प्रतिस्पर्धा बढाउने तथा रणनीतिक प्रतिद्वन्द्विता समाधान गर्ने माध्यम पनि बन्न सक्छन् ।
भूगोल, दूरी र रणनीतिक गहिराइले दिने सुरक्षा र पूर्वसूचनाको परम्परागत महŒव क्रमशः हराउँदै गएको छ । सुरक्षित महसुस गर्ने भावना नै विस्तारै कमजोर बन्दैछ ।
(लेखक बेलायतस्थित किङ्स कलेज लन्डनको डिपार्टमेन्ट अफ वार स्टडिजका सिनियर फेलो हुन् ।)