नेभिगेशन
दृष्टिकोण

भगवानको लीला अपरम्पार

एक प्रसिद्ध विशेषज्ञ थिए, उनको नाम थियो डा. मार्क । एक पटक सम्मेलनमा भाग लिन टाढाबाट सहरमा जाँदै थिए । त्यहाँ नयाँ चिकित्सा अनुसन्धानमा उनको महान् कार्यका लागि पुरस्कृत गरिने 
थियो । त्यसैले उनी उत्साहित थिए । त्यसैले सकेसम्म चाँडो त्यहाँ पुग्न चाहन्थे । उनले यो अनुसन्धानका लागि निकै मेहेनत गरेका पनि थिए र त ठूलो हतार थियो, त्यो अवार्ड पाउनका लागि । उनी चढेको प्लेन उडान भरेको करिव दुई घण्टापछि विमानमा प्राविधिक गडबडी देखिएको थियो । जसका कारण विमानलाई आकस्मिक अवतरण गर्नुप-यो । डा. मार्कले आफू समय मैं आफ्नो सम्मेलनमा पुग्न नसक्ने महसुस 
गरे । त्यसैले उनले स्थानीय कर्मचारीहरूबाट निर्देशन पाए र सम्मेलन स्थल सहरमा जानको लागि ट्याक्सी भाडामा लिए । उसलाई थाहा थियो कि विमानको अर्को उडान १० घण्टापछि थियो । ट्याक्सी भेट्टाए तर चालक विना नै ट्याक्सी आफै चलाउने निर्णय गरे र अगाडि बढे । उनले यात्रा सुरु गरेको केही समयपछि निकै ठूलो आँधी आउन थाल्यो । बाटो लगभग देखिएन उनी गलत बाटो तिर लागे । करिव २ घण्टापछि उनले बाटो विराएको थाहा पाए । उनलाई निकै भोक पनि लागेको थियो । उनले खानाको खोजीमा त्यही सुनसान बाटोमा यताउती गाडी चलाउन थाले । 
    उनले केही टाढा एउटा झुपडी देखे । उनले आफ्नो गाडी त्यही झुपडीनजिकै रोके । मन खिन्न भई कारबाट निस्केर त्यो सानो घरको ढोका ढकढकाए, भित्रबाट एउटी महिलाले ढोका खोलिन् । डा. मार्कले आफ्नो अवस्था बताए र फोन कल गर्न अनुमति मागे । महिलाले आफ्नो ठाउँमा फोन नभएको बताइन् । तापनि उनलाई भित्र आउन र चिया पिउन आग्रह गरिन् र भनिन्– ‘जब मौसम राम्रो हुन्छ अगाडि बढ्नुहोस्, अहिले मौसम राम्रो छैन ।’ भोको, भिजेको र थकित डाक्टरले तुरुन्तै सहमति जनाए । ती महिलाले उनलाई बसाइन् र निकै सम्मानका साथ चिया खुवाएर केही खान दिइन् । साथै, उनले भनिन्– ‘आउनुहोस् खाना खानुअघि भगवान्सँग प्रार्थना गरौं ।’
    ती महिलाको कुरा सुनेर डाक्टर मुस्कुराएर भने– ‘म यी कुराहरूमा विश्वास गर्दिनँ, म मिहिनेतमा विश्वास गर्छु । हजुर आफ्नो प्रार्थना गर्नुस्,’ चिया पिउँदै डाक्टरले आफ्नो सानो बच्चा साथमा लिई प्रार्थना गरिरहेकी महिलालाई हेर्न थाले । 
    ती महिलाले धेरै प्रकारको प्रार्थना गरिन् । डाक्टर मार्क यो पनि हुन सक्छ र भनेर सोच्न थाले । यी महिलालाई केही समस्या छ । ती महिला पूजा स्थलबाट उठिन् । डाक्टरले सोधे– ‘तिमी भगवान्बाट के चाहन्छौ ? के तिमीलाई लाग्छ कि भगवान्ले तिम्रो प्रार्थना सुन्नुहुन्छ ?’
    महिलाले दुःखी मुस्कानका साथ नरम स्वरमा भनिन्– ‘यो मेरो छोरा हो र उसलाई क्यान्सर छ, जसको उपचार डा. मार्क नामक व्यक्तिसँग गराउनु छ, तर मसँग त्यति पैसा छैन कि म उनीसम्म पुग्न सकूँ, न म तिनीहरूको सहरमा जान सक्छु किनभने तिनीहरू टाढाको सहरमा बस्छन् । यो सत्य हो कि भगवान्ले मेरो कुनै पनि प्रार्थनाको जवाफ दिनुभएन तर मेरो विश्वास छ कि भगवान्ले एक न एक दिन बाटो बताउनुहुनेछ, मलाई सहयोग गर्नुहुन्छ भन्ने आशा छ, मेरो विश्वास टुट्न दिनुहुनेछैन । पक्कै पनि मेरो बच्चालाई डा. मार्कद्वारा उपचार उराउनुहुनेछ र उसलाई स्वस्त्थ बनाउनुहुनेछ ।’
    डा. मार्क छक्क परे । उनी केही क्षण बोल्न सकेनन् । आँखाभरी आँसु बोकेर उनले नरम स्वरमा भने– ‘भगवान्को लीला अपरम्पार छ ।’ डाक्टरले सम्पूर्ण घटना सम्झन थाले, सम्मेलनमा कसरी जानुप¥यो, कसरी तिनीहरूको जहाजले यो अज्ञात सहरमा आपत्कालीन अवतरण गर्नुप¥यो, कसरी ट्याक्सीको चालक भेट्टाउन सकिएन र आँधीका कारण आफ्नो बाटो गुमाएर यहाँ आए  । उनले बुझे कि यो सबै यसकारणले भयो किनभने भगवान्ले यस महिलाको प्रार्थनाको जवाफ दिनुपर्ने थियो कि आशामा निराशा हुनुहुँदैन भन्ने । र त भगवान्ले मलाई यहाँ ल्याउनुभयो, उहाँलाई प्रणाम । मैले यो बच्चाको उपचार गर्नैपर्छ भन्दै मुस्कुराउँदै हे भगवान् भने । अनि त्यस महिलालाई भने– ‘तिम्रो प्रार्थना भगवान्ले सुन्नुभयो, त्यसैले म यहाँ आउन बाध्य भएँ । डा. मार्क मैं हुँ । भगवान्ले नै मलाई यहाँ पु-याउनुभएको 
हो ।’ अब म तिम्रो छोराको उपचार गर्छु भन्दै डा. मार्कले त्यस महिलाको छोरालाई उपचार गरे र रोगमुक्त बनाई स्वस्थ्य बनाइदिए । त्यसैले, भन्ने गरिन्छ कि जसले सच्चा मनले भगवान्को प्रार्थना गर्छ त्यो अवश्य नै पूरा हुनेछ ।

लेखक संस्कृतिविद् हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट