मेष
व्यवसाय गर्नेहरूका लागि नयाँ सम्झौता वा नयाँ ग्राहक थपिने संकेत छन् । आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ । परिवारमा खुसीको वातावरण बन्नेछ र आफन्तसँगको सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । विद्यार्थीहरूले अध्ययनमा अपेक्षित सफलता पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ ।
वृष
आजको दिन व्यावहारिक सोच र धैर्यका साथ अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ । आर्थिक लाभका अवसर देखा पर्न सक्छन् । जागिरमा रहेका व्यक्तिले वरिष्ठ अधिकारीको प्रशंसा प्राप्त गर्न सक्छन् । परिवारका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ । वैवाहिक जीवनमा समझदारी बढ्नेछ ।
मिथुन
नयाँ योजना र नयाँ सोचका साथ अघि बढ्ने दिन छ । आज तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित बनाउन सक्छ । साथीभाइसँग भेटघाट तथा रमाइलो वातावरण बन्न सक्छ । प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउनेछ । आर्थिक पक्ष मजबुत बन्ने संकेत छ, तर ऋण वा सापटीको विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ । विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ ।
कर्कट
आज भावनात्मकभन्दा व्यावहारिक निर्णय लिनु लाभदायक हुनेछ । परिवार र घरायसी विषयमा समय खर्च हुन सक्छ । कार्यक्षेत्रमा केही चुनौती आए पनि धैर्यका साथ समाधान गर्न सकिनेछ । व्यवसायमा सामान्य लाभ हुनेछ । आर्थिक पक्षमा सुधार आउने संकेत छ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ ।
सिंह
नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुन सक्छ । जागिर तथा व्यवसायमा सम्मान र प्रतिष्ठा बढ्ने संकेत छन् । आर्थिक पक्ष बलियो बन्नेछ । नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ । परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ । विद्यार्थीहरूका लागि अध्ययनमा प्रगतिको दिन रहनेछ । स्वास्थ्य सामान्यतया राम्रो रहनेछ ।
कन्या
कार्यक्षेत्रमा देखिएको समस्या क्रमशः समाधान हुँदै जानेछ । व्यवसायमा नयाँ योजना अघि बढाउन सकिनेछ । आर्थिक लाभका अवसर बढ्नेछन् । विदेशसँग सम्बन्धित काममा सफलता प्राप्त हुन सक्छ । परिवारमा खुसीको वातावरण रहनेछ । प्रेम सम्बन्धमा केही गलतफहमी उत्पन्न हुन सक्ने भएकाले संवादमा ध्यान दिनु राम्रो हुनेछ । स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ ।
तुला
आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रगति हुने संकेत छ । तपाईंको विचार र निर्णयलाई अरूले महŒव दिनेछन् । व्यापारमा लाभ हुने सम्भावना छ भने जागिरमा नयाँ अवसर प्राप्त हुन सक्छ । आर्थिक अवस्था सन्तोषजनक रहनेछ । परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित रहनेछ ।
वृश्चिक
धैर्य र संयमको आवश्यकता पर्ने दिन छ । काममा केही ढिलाइ वा अवरोध आउन सक्ने भए पनि अन्ततः सफलता हात पर्नेछ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसायमा प्रतिस्पर्धा बढ्न सक्छ । परिवारका सदस्यसँग सानो विषयमा विवाद हुन सक्ने भएकाले बोलीमा संयमता अपनाउनु राम्रो हुनेछ ।
धनु
भाग्यले साथ दिने दिन भएकाले धेरै काम सहज रूपमा सम्पन्न हुन सक्छन् । नयाँ अवसर तथा नयाँ परिचयले भविष्यमा लाभ पु¥याउन सक्छ । व्यवसाय तथा रोजगारीमा प्रगतिको संकेत देखिन्छ । आर्थिक लाभका सम्भावना बलिया छन् । परिवारबाट सहयोग र साथ प्राप्त हुनेछ । अध्ययन तथा अनुसन्धानका क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ ।
मकर
आज आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । आयको स्रोत बढ्ने सम्भावना भए पनि खर्च पनि बढ्न सक्छ । कार्यक्षेत्रमा जिम्मेवारी थपिनेछ । व्यवसायमा सामान्यभन्दा राम्रो लाभ प्राप्त हुन सक्छ । परिवारका सदस्यसँग सम्बन्ध सुदृढ रहनेछ । प्रेम सम्बन्धमा धैर्य आवश्यक देखिन्छ । स्वास्थ्यमा खानपान र आराममा ध्यान दिनु उचित हुनेछ ।
कुम्भ
साझेदारी र सहकार्यबाट लाभ प्राप्त हुने दिन छ । नयाँ व्यक्तिसँग परिचय हुन सक्छ जसले भविष्यमा फाइदा पु¥याउन सक्छ । व्यवसायमा प्रगति र आर्थिक लाभको सम्भावना छ । जागिरमा पदोन्नति वा जिम्मेवारी बढ्न सक्ने संकेत छन् । पारिवारिक सम्बन्धमा मधुरता कायम रहनेछ । प्रेम सम्बन्धमा सकारात्मक समय रहनेछ ।
मीन
आज मेहनत र लगनशीलताले राम्रो परिणाम दिनेछ । कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुन सक्छ । व्यवसायमा लाभ तथा नयाँ अवसर प्राप्त हुन सक्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्न सक्छ । विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्ने सम्भावना छ ।