नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ जेठ २४ आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहने देखिन्छ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ, जसलाई तपाईंको कार्यकुशलताले सहजै पुरा गर्न सक्नेछ । व्यापार व्यवसायमा लगानी बढाउने सोचमा हुनुहुन्छ भने समय अनुकुल रहनेछ । पारिवारिक जीवनमा मधुरता छाउनेछ र जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
बोलीको प्रभाव बढ्ने भएकाले सामाजिक र राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूका लागि विशेष लाभ मिल्न सक्छ । रोकिएका केही अधुरा कामहरू मित्रहरूको सहयोगमा अगाडि बढ्नेछन् । व्यवसायमा नयाँ सम्झौता हुन सक्ने योग छ । 

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) 
 
दिन मिश्रित रहनेछ । मानसिक रूपमा केही चञ्चलता वा दुविधा उत्पन्न हुन सक्छ, जसले गर्दा महत्वपूर्ण निर्णय लिन कठिन हुनेछ । कार्यक्षेत्रमा सहकर्मीहरूसँगको समन्वयमा काम गर्दा बाधा अड्चनहरू हट्नेछन् । आर्थिक दृष्टिकोणले दिन सामान्य रहनेछ, ठूलो लगानीका लागि केही समय पर्खनु नै बुद्धिमानी हुनेछ ।  

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 
दिन निकै फलदायी रहने सम्भावना छ । लामो समयदेखि प्रतिक्षा गरिएको सुखद समाचार प्राप्त हुन सक्छ । आर्थिक क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन् र आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् । कार्यक्षेत्रमा तपाईंको कामको उच्च मूल्याङ्कन हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।  

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) 
पेसागत क्षेत्रमा ठूलो सफलता हात लाग्न सक्छ । नयाँ व्यवसाय सुरु गर्ने योजना बनाउनुभएको छ भने भोलि कदम चाल्न उपयुक्त दिन हो । सरकारी वा प्रशासनिक क्षेत्रबाट हुनुपर्ने कामहरू सहजै सम्पन्न हुनेछन् । परिवारमा माङ्गलिक कार्यको चर्चा चल्न सक्छ । पैतृक सम्पत्तिको उपयोगबाट लाभ मिल्नेछ । आत्मविश्वास उच्च रहने हुनाले जुनसुकै चुनौतीको सामना सहजै गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) 
अध्यात्म र धार्मिक कार्यमा रुचि बढ्नेछ भने कुनै धार्मिक यात्राको योग समेत बन्न सक्छ । शिक्षा र प्राज्ञिक क्षेत्रमा आबद्ध भएकाहरूका लागि समय निकै अनुकूल रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति हुनेछ । रोकिएका धन उठ्नाले आर्थिक स्थिति सुदृढ बन्नेछ । समाजमा तपाईंको परोपकारी कार्यको प्रशंसा हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) 
स्वास्थ्यमा केही कमजोरी महसुस हुनाले कार्यक्षमतामा असर पर्न सक्छ, त्यसैले आराम र खानपानमा विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा ससाना कुरामा वादविवाद हुन सक्ने भएकाले संयम रहनु उचित हुनेछ । आर्थिक मामिलामा सोचविचार गरेर मात्र खर्च वा लगानी गर्नुहोला । सवारी साधन चलाउँदा वा यात्रा गर्दा अतिरिक्त सावधानी अपनाउनु आवश्यक देखिन्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) 
दिन अत्यन्तै रोमान्टिक र सुखद रहनेछ । वैवाहिक जीवन तथा प्रेम सम्बन्धमा सुमधुरता आउनेछ । व्यापार व्यवसायमा साझेदारीबाट राम्रो आम्दानी हुनेछ । नयाँ वस्त्र, गहना वा विलासिताका सामान खरिद गर्ने योग बनेको छ । कला, साहित्य र सञ्चार क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने उचित अवसर पाउनेछन् । मानसिक रूपमा प्रसन्नता र स्फूर्ति कायम रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) 
 प्रतिस्पर्धा र चुनौतीहरूमा विजय प्राप्त गर्ने समय हो । कार्यक्षेत्रमा देखिएका विरोधी वा प्रतिस्पर्धीहरू स्वतः कमजोर हुनेछन् । पुराना ऋण वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ । रोकिएका अदालती वा प्रशासनिक कामहरू तपाईंको पक्षमा आउन सक्छन् । कडा परिश्रमको उचित फल मिल्ने हुनाले मनमा सन्तोष रहनेछ । मामाघर पक्ष वा मावलीबाट सहयोग र सद्भाव प्राप्त हुने देखिन्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) 
बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्ने दिन हो । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा प्रगति हुनेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ, जसले परिवारमा खुसीको माहौल ल्याउनेछ । प्रेम सम्बन्धमा रहेकाहरूका लागि सम्बन्ध अझ प्रगाढ बन्ने समय छ । सेयर बजार वा सट्टापट्टाको काममा मध्यम लाभ मिल्न सक्छ । नयाँ विचारहरू फुर्नेछन् जसलाई कार्यरूप दिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) 
पारिवारिक विषयलाई लिएर मनमा केही चिन्ता वा अशान्ति पैदा हुन सक्छ । भूमि, भवन वा सवारी साधनको खरिदबिक्री सम्बन्धी काममा हतार नगर्नुहोला । आमाको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । कार्यक्षेत्रमा कामको चाप बढ्नाले मानसिक थकान महसुस हुन सक्छ । यद्यपि, साथीभाइको सान्त्वना र सहयोगले केही राहत मिल्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
 पराक्रम र पुरुषार्थ बढ्ने समय हो । दाजुभाइ तथा दिदीबहिनीहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ र पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ । छोटो दुरीको फलदायी यात्राको सम्भावना छ । सञ्चार, लेखन र कला क्षेत्रमा लागेकाहरूका लागि भोलिको दिन विशेष उपलब्धिमूलक रहनेछ । साहसिक कार्यमा रुचि बढ्नेछ र आँटेका कामहरू हिम्मतका साथ पुरा गर्न सकिनेछ । आर्थिक स्थिति सन्तोषजनक रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्