नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ जेठ २५ गते सोमबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिका जातकका लागि आजको दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहनेछ । रोकिएका पुराना कामहरूलाई फेरि सुरु गर्न र तिनलाई तार्किक निष्कर्षमा पु¥याउन अनुकूल समय छ । व्यावसायिक क्षेत्रमा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ, जसले दीर्घकालीन रूपमा फाइदा पु¥याउनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूको प्रभाव बढ्नेछ । परिवारका सदस्यहरूबाट पूर्ण सहयोग मिल्नेछ, जसका कारण मन प्रसन्न रहनेछ । साँझपख सानो यात्राको सम्भावना छ, जसले मानसिक रूपमा थप स्फूर्ति प्रदान गर्नेछ । आर्थिक पक्ष बलियो रहनेछ र लगानीका नयाँ अवसरहरू फेला पर्नेछन् ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशिका लागि आजको दिन आर्थिक दृष्टिकोणले निकै फलदायी देखिन्छ । लामो समयदेखि फसेको वा रोकिएको धन फिर्ता हुन सक्छ । सञ्चार र मिडिया क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि आजको दिन विशेष सफलता मिल्ने योग छ, तपाईंका विचार र सिर्जनाको समाजमा उच्च कदर हुनेछ । नयाँ व्यावसायिक योजना बुन्नका लागि दिन उत्तम छ, तर साझेदारीमा काम गर्दा अलि सतर्क रहनुहोला । बोलीको प्रभाव बढ्ने भएकाले प्रशासनिक वा संवादका कामहरू सहजै सम्पन्न हुनेछन् । स्वास्थ्य सामान्य रहनेछ र पारिवारिक वातावरण सुखद बन्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशिका जातकका लागि आजको दिन मिश्रित प्रभाव बोकेर आएको छ । बौद्धिक र रचनात्मक काममा मन जानेछ भने लेखन तथा अध्ययन अध्यापनमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा केही नयाँ जिम्मेवारी थपिन सक्छन्, जसलाई कुशलतापूर्वक निभाउनु पर्ने चुनौती रहनेछ । महत्वपूर्ण निर्णयहरू लिँदा हतार नगर्नुहोला, अग्रजहरूको सल्लाह लिनु उपयुक्त हुनेछ । आर्थिक मामिलामा अलि बढी खर्च हुन सक्ने भएकाले बजेट सन्तुलनमा ध्यान दिनु आवश्यक छ । प्रेम जीवनमा भने सानातिना असमझदारी देखा पर्न सक्छन्, त्यसैले संवाद गर्दा संयमता अपनाउनुहोला ।

 कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका जातकका लागि आजको दिन केही मानसिक तनाव वा दौडधूप बढी हुन सक्छ । कार्यक्षेत्रमा सानातिना अवरोधहरू आउन सक्ने भएकाले धैर्यताका साथ काम गर्नुहोला । सहकर्मीहरूसँगको सम्बन्धमा केही चिसोपन आउन सक्ने सम्भावना छ, त्यसैले आफ्नो कुरा राख्दा स्पष्ट र नम्र हुनुपर्नेछ । स्वास्थ्यको मामलामा अलि बढी सजग रहनुहोला, विशेषगरी खानपान र आराममा ध्यान दिनु आवश्यक छ । दिनको उत्तरार्धमा भने परिस्थितिमा सुधार आउनेछ । परिवारको सहयोगले मनमा शान्ति मिल्नेछ र आध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका जातकका लागि आजको दिन अत्यन्तै शुभ र फलदायी रहनेछ । समाजमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ भने कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमताको प्रशंसा हुनेछ । प्रशासनिक तथा सरकारी कामहरूमा सोचे अनुरूपको सफलता मिल्ने योग छ । आर्थिक रूपमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्, जसले आर्थिक स्थितिलाई मजबुत बनाउनेछ । पुराना साथीभाइहरूसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । पारिवारिक सुख मिल्नेछ र वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा रहेका बाधाहरू स्वतः हटेर जानेछन् ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका जातकका लागि आजको दिन करियर र पेसागत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने समय छ । कार्यस्थलमा तपाईंको लगनशीलता र कार्यकुशलताको उच्च मूल्यांकन हुनेछ, जसका कारण पदोन्नति वा पुरस्कारको सम्भावना समेत रहन्छ । व्यापार व्यवसायमा नयाँ प्रविधिको प्रयोग गर्दा फाइदा पुग्नेछ । नयाँ कामको थालनी गर्न वा रोजगारीको खोजीमा रहेकाहरूका लागि आजको दिन सकारात्मक परिणाम आउन सक्छ । बुबा वा घरका अग्रज व्यक्तिहरूको सहयोग र आशीर्वादले ठूला समस्याहरू सहजै हल हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि आज भाग्यले साथ दिने दिन छ । लामो समयदेखि अड्किएका कामहरू आज थोरै प्रयासले पनि सम्पन्न हुनेछन् । धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यहरूमा सहभागी हुने अवसर मिल्नेछ, जसले आन्तरिक शान्ति प्रदान गर्नेछ । उच्च शिक्षा वा अध्ययनका लागि विदेश जाने योजनामा रहेका जातकहरूका लागि आजको दिन अनुकूल रहनेछ । व्यवसायमा क्रमिक सुधार आउनेछ र नयाँ लगानीको वातावरण बन्नेछ । परिवारमा मांगलिक कार्यको चर्चा चल्न सक्छ र दाम्पत्य जीवन मधुर रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका जातकका लागि आजको दिन केही सतर्कता अपनाउनु पर्ने देखिन्छ । स्वास्थ्यमा अचानक केही कमजोरी महसुस हुन सक्छ, त्यसैले मौसमी बिरामीहरूबाट बच्न विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा गोपनीयता कायम राख्नु नै बुद्धिमानी हुनेछ, आफ्ना योजनाहरू हतारमा अरूलाई सेयर नगर्नुहोला । आर्थिक लेनदेन र लगानीका मामिलामा जोखिम नलिनु नै बेस हुनेछ । वादविवाद वा अनावश्यक बहसबाट टाढै रहनुहोला । बेलुकीपख भने स्थितिमा सुधार आउनेछ र अचानक कुनै अज्ञात स्रोतबाट आर्थिक लाभ वा शुभ समाचार प्राप्त हुन सक्छ ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशिका जातकका लागि आजको दिन सुखद र आनन्दमयी रहनेछ । व्यापार व्यवसायमा साझेदारीमा गरिएका कामहरूबाट राम्रो मुनाफा मिल्ने योग छ । नयाँ सम्झौता वा व्यापारिक सम्बन्ध विस्तारका लागि दिन निकै उत्तम छ । जीवनसाथीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ र पारिवारिक जीवनमा खुसीयाली छाउनेछ । सुखसुविधाका साधन वा सवारी साधन खरिद गर्ने योजना बन्न सक्छ । विपरीत लिंगी मित्रहरूबाट कार्यक्षेत्रमा विशेष सहयोग प्राप्त हुनेछ । मानसिक रूपमा शान्ति र शारीरिक रूपमा स्वस्थता महसुस हुनेछ ।

मकर राशि (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

मकर राशिका जातकका लागि आजको दिन प्रतिस्पर्धा र चुनौतीहरूमा विजय प्राप्त गर्ने समय हो । कार्यक्षेत्रमा रहेका विरोधी वा प्रतिस्पर्धीहरू स्वतः कमजोर हुनेछन् र तपाईंको वर्चस्व कायम रहनेछ । पुराना ऋण वा दायित्वहरूबाट मुक्ति पाउने प्रयास सफल हुनेछन् । अदालती वा कानुनी मामिलाहरू तपाईंको पक्षमा फैसला हुन सक्छन् । स्वास्थ्यमा राम्रो सुधार आउनेछ र शरीरमा नयाँ ऊर्जा महसुस हुनेछ । नयाँ रोजगारीको अवसर प्राप्त हुन सक्छ, तर मामाघर वा मातृपक्षसँगको सम्बन्धमा भने केही मतभेद हुन सक्ने भएकाले व्यवहार गर्दा ध्यान दिनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशिका जातकका लागि आजको दिन बौद्धिक क्षमताको प्रदर्शन गर्ने र ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा सोचे जस्तै सफलता मिल्नेछ र परीक्षा आदिमा राम्रो नतिजा आउने योग छ । कला, साहित्य, संगीत र मनोरञ्जन क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो प्रतिभा देखाउने ठूलो मञ्च पाउन सक्छन् । सन्तान वा परिवारका साना सदस्यहरूबाट सुखद समाचार सुन्न पाइनेछ । सेयर बजार वा सट्टा बजारमा गरिने लगानीले मध्यम लाभ दिनेछ । प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशिका जातकका लागि आजको दिन सुखसुविधा र पारिवारिक सुख बढाउने खालको छ । घरजग्गा, भूमि वा सवारी साधनको खरिदबिक्री सम्बन्धी काममा सफलता मिल्नेछ । आमाको स्वास्थ्यमा सुधार आउनेछ र उहाँको आशीर्वादले तपाईंका धेरै कामहरू बन्नेछन् । कार्यक्षेत्रमा केही कार्यव्यस्तता बढे पनि घरपरिवारका लागि समय निकाल्न सफल हुनुहुनेछ । मनमा केही भावनात्मक उथलपुथल हुन सक्छ, त्यसैले अत्यधिक भावुकतामा बगेर कुनै पनि ठूलो निर्णय नलिनुहोला । सामाजिक कार्यमा रुचि बढ्नेछ र छरछिमेकीसँगको सम्बन्ध सुमधुर रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्