नेभिगेशन
दृष्टिकोण

योगी नरहरिनाथका गुरु गोरखनाथ

बाबा मच्छिन्द्रनाथका अनन्य भक्त गोरखनाथको महिमा नेपाल, भारतलगायत विश्वभरिकै सनातन समुदायमा विशेष रूपमा रहिआएको छ । मच्छिन्द्रनाथ गुरु गोरखनाथका गुरु हुन् । योगी नरहरिनाथका गुरु गोरखनाथ हुन् भने गुरु गोरखनाथकै कृपाबाट योगी नरहरिनाथले विशेष ज्ञान प्राप्त गरेका थिए भने सिद्धि पनि प्राप्त गरेका थिए । 
यिनै गुरु गोरखनाथको नामसँगै आसन्न शाहवंश राजाहरूको उद्गमस्थल गोरखा जिल्ला अनि गोरखकाली मन्दिरको नेपालको राजपरिवारमा विशेष महŒव छ । स्मरण रहोस्, गुरु गोरखनाथको इतिहासमा गोरखा दरबार राजवंशमा विशेष महŒव रहेको छ । पशुपतिको मृगस्थलीमा गोरखनाथको मन्दिर रहेको छ । त्यहाँ गुरु गोरखनाथले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि आउँछ । मृगस्थलीमा रहेको गोरखनाथको मन्दिर बेवारिसे अवस्थामा रहेको जस्तै भान हुन्छ । किनभने गोरखनाथ मन्दिरको संरक्षण, संवर्धन र व्यवस्थापनको कमीले गर्दा मन्दिरको बेवास्ता गरिएको अवस्था छ । 
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाहवंशको कुलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखकालीको पूजाअर्चना गर्ने चलन छ । गोरखाको गोरखकालीको यस मन्दिरमा विभिन्न तिथिमितिमा पनि विशेष पूजाअर्चना गरिन्छ । 
हरेक वर्ष यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडांै ल्याउने चलन सयौं वर्षदेखि चलिआएको छ । नेपाली भूमिको रक्षामा गोरखनाथ र गोरखकाली देवीको महŒव अतुलनीय रहेको छ । सनातन हिन्दु राष्ट्र देश नेपालमा सदियौं वर्षदेखि संरक्षणमा रहिआएका गौमाताको रक्षाका लागि गोरखनाथ र गोरखकाली देवीको आशिष नेपाली जनतालाई प्राप्त भइरहने कुरामा विश्वस्त हुन सकिन्छ । 
गुरु गोरखनाथले दिनुभएका सन्देशहरूमध्ये यो एउटा महŒवपूर्ण सन्देश यसप्रकार छ– ‘देवताहरूका देवालयहरूको यात्रा सुनो यात्रा हो’ अर्थात् देवालयहरूको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन्, शून्य बराबर छन्, निष्प्राण छन् ।’ 
देवल जात्रा, सुंनि जात्रा, तीरथ जात्रा पाणौं ।
अतीत जात्रा, सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरूको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महŒवपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘देवल जात्रा’ मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिँ गर्ने, मान्छेको पूजा नगर्ने ? देवालय धाउने तर घरलाई चाहिँ देवालय बनाउन नसक्ने ? साथै जनपरिधि र परिसरमा ढुंगाले बनेका देउतालाई चाहिँ फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपक्षीमा देवताको बास छ भनी नस्वीकार्ने ? एवं सेवा गर्न नसक्ने ? आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा, प्राकृत भाषामा, जन भाषामा, देहाती भाषामा ठाडो व्यंग्य गर्नुभएको हो ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्